गण्डकी प्रदेशमै उत्कृष्ट धौलागिरी आयुर्वेदिक औषधालय


–आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये बागलुङको आयुर्वेदिक औषधालय उत्कृष्ट भएको छ । ११ जिल्लाका औषधालयले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा बागलुङको औषधालय प्रथम भएको हो ।

औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्यांकनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो ।

औषधालयले १ सय पूर्णांकमा ८० दशमलव ८ अंक प्राप्त गरेको थियो । दोस्रो भएको जिल्ला आर्युवेद औषधालय स्याङ्जाले ७६ दशमलव ६ र तेस्रो भएको कास्की आर्युवेदिक औषधालयले ७५ दशमलब ६ अंक प्राप्त गरेका छन् । वार्षिक समीक्षा कार्यक्रममा औषधालयलाई पुरस्कृत गरिएको थियो ।

औषधालयले कोभिड महामारीको समयमा गाउँ गाउँमा पुगेर औषधि वितरणदेखि योग तथा ध्यान सम्बन्धि प्रशिक्षण चलाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *