एमसीसी पास भए देशको अस्तित्व संकटमा: राजमो अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले एमसीसी देशको अस्तित्व माथी प्रहार गर्ने भएकाले नेपालमा एमसीसी आउन नहुने बताउनुभयो ।

बागलुङमा प्रगतिशिल पत्रकारसंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले एमसीसी नेपालको हितमा नरहेका कारणले डलर हेरेर एमसीसी नेपालमा ल्याउन नहुने बताउनुभयो ।

अहिले नेपालको गणतन्त्र र राष्ट्रियता, राजनीतिक पार्टीको व्यवहार र चरित्रका कारणले संकटमा परेको भन्दै नेताको आचारणले जनतामा दलीय व्यवस्थाप्रति नकारात्मक दृष्टीकोण बढेको केसीले बताउनुभयो । उहाँले २ सय ४१ वर्ष सम्म नेपाली जनताले राजाको शासन व्यहोरेर नेपाली जनताको लामो संर्घष पछि पञ्चायती व्यवस्था फाल्दै गणतन्त्र ल्याएको देशमा फेरी भारतले हिन्दु सम्राट राखेर राजतन्त्र फर्काउन खोजेको आरोप लगाउनु भयो । राष्ट्रिय जनमोर्चाले नेपालको राजनीतिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षा हुनुपर्ने कुरामा सधै आवज उठाएको केसीले बताउनुभयो ।

उहाँले अहिले सत्तामा रहेको दल कांग्रेस र माओवादी आफुले कुन मन्त्रालय पाउने भन्नेकुरामा लुछाचुडी गर्दै समय फालेको बताउनुभयो । दुई तिहाईको सरकारलाई दुई पटक सम्म फालेर आफु सत्तामा आएता पनि अहिलेसम्म सरकारले पुणता पाउन नसक्नु लाजमर्दो भएको केसीले बताउनुभयो । संघीयताको बिरोधमा जनमोर्चाले भन्दै गर्दा संघीयताका ठेकेदारले टिका टिप्पणी गरेको पाहिन्थ्यो तर अहिले तिनै ठेकेदारले संघीयता नेपालको लागि घातक हुने भन्दै हिडेको केसीले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा प्रगतिशील पत्रकार संघ गण्डकी प्रदश संयोजक तारा प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम प्रगतिशील पत्रकार संघ बागलुङका सचिव बिजय रानाको संचालमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *