काँग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन सर्वसम्मत

आदर्श अनलाइन, मुस्ताङ

मुस्ताङ काँग्रेसको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका र क्षेत्रहरुमा निर्वाचन चलिरहेको बेला मुस्ताङमा पहिलो चरणमै काँग्रेसमा जिल्ला सभापतिमा पूर्वमन्त्री समेत रहेका रोमी गौचन थकाली निर्विरोध निर्वाचित हुनुभएको हो।

मुस्ताङको थासाङ गाउँपालिका—३ लेते कालोपानीमा ५ वटै स्थानीय तहमा चुनिएका क्षेत्रीय प्रतिनिधि र क्रियाशील सदस्यको उपस्थितिमा भएको जिल्ला अधिवेशनले सभापतिमा थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन अधिकृतको जिम्मेवारी पाएका नेपाल शिक्षक संघ मुस्ताङका अध्यक्ष अनन्त आचार्यले सर्वसम्मत रुपमा रोमी गौचनको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन,छेवाङ नर्वु गुरुङ, सहसचिव नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन निर्वाचित हुनुभएको हो।

अधिवेशनले १५ जना कार्यसमिति सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ । मुस्ताङका पाँचवटै पालिकामा यहि असोज ९ मा भएको पालिकास्तरीय निर्वाचनमा सभापति, उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षसहित १ सय ५८ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका थिए ।

सर्वसम्मत निर्वाचित अध्यक्ष थकालीले मुस्ताङका पालिका र जिल्लामा निर्विरोध निर्वाचन सम्पन्न भएको बताउनुभयो । ‘हामीले मुस्ताङमा विना गुट सर्व सम्वतरुपमा नेतृत्व चयन गरेर काँग्रेस पार्टीमा एकताको सन्देश दिएका छौं,’ उहाँले भन्नुभयो, ‘काँग्रेसको चारतारे झण्डा र रुख चिन्ह बाहेक हामीले अन्य गुट,उपगुट चिनेका छैनौं ।’ अध्यक्ष थकालीले आगामी काँग्रेसको केन्द्रीय अधिवेशनमा कुनै न कुनै पदमा उम्मेदवारी दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *