उप्रेतीलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

आदर्श अनलाइन, बागलुङ
नेपाल टेलिभिजनमा कार्यरत पत्रकार एलिजा उप्रेतीलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७८ प्रदान गरिएको छ । नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान शनिबार काठमाडौमा आयोजित प्राकृतिक बचत तथा ऋण सहकारीको साधारणसभाको अवसरमा उप्रेतीलाई प्रदान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो । रिलायवल वचत तथा ऋण सहकारी संस्थामा स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष सहकारीको साधारण सभाको अवसरमा प्रदान गरिदै आएको छ ।

यस वर्ष रिलायवल बचत तथा ऋण सहकारी संस्था र प्राकृतिक साकोस विच गत साउन महिनामा एकिकरण पश्चात बनेको गरिएको पहिलो साधारण सभाको अवसरमा पुरस्कार प्रदान गरिएको संरक्षक ओमदेवी मल्लले जानकारी दिनुभयो ।

पत्रकार उप्रेतीलाई राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । यसअघि केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई र २०७७ बाट आदर्श सञ्चार सहकारी संस्था बागलुङका सह–सम्पादक सिर्जना पन्त सम्मानित हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *