धवलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा.थापा

आदर्श अनलाइन, बागलुङ

धवलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रध्यापक डा. दिनबहादुर थापा चयन हुनु भएको छ ।

त्रिभुवन विश्व विद्यालयको निर्णय अनुसार क्याम्पस सञ्चालक समितिमा थापा चयन हुनु भएको छ । उहाँको नेतृत्वमा २१ सदस्यीय सञ्चालक समिति बनेको छ ।

समितिको सदस्यमा विभागीय प्रमुखको तर्फबाट गोविन्द प्रसाद कँडेल, डा. सुदर्शन सिलवाल, विलभ शर्मा, बुद्धिजीवि टिकाराम सापकोटा, जगन्नाथ आचार्य, समाजसेवी रमेश राजभण्डारी, सहदेव राजभण्डारी, जनप्रतिनिधिको तर्फबाट बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्य, अभिभावक विष्णु भुषाल, जयराम भारी चयन हुनुभएको छ ।

शिक्षक प्रतिनिनिधबाट हिरालाल रेग्मी र भक्तिराम न्यौपाने, विद्यार्थीको तर्फबाट स्ववियू सभापति मनिष थापा लगायत चयन हुनुभएको छ । बाँकी केही सदस्य पछि मनोनित गर्ने सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो । सञ्चालक समिति ३५ सदस्यीय बनाइने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *