अध्यापन अनुमति लिन इच्छुकलाई पालिकाले दियो तयारी सामग्री

आदर्श अनलाइन, बागलुङ
बागलुङको तमानखोला गाउँपालिकाले शैक्षिक सुधारका लागि दक्ष जनशक्ति उत्पादनमा चासो दिएको छ । बालबालिकामा शिक्षाको सहज पहुँच पु¥याउन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दक्ष शिक्षक तयार गर्ने अभिप्रायले गाउँपालिकाले अहिले अध्यापन अनुमतिपत्र लिने इच्छुक व्यक्तिलाई तयारी सामग्री प्रदान गरेको छ ।

पालिकाको शिक्षा शाखा मार्फत अध्यापन अनुमति पत्र लिन न्यूनतम योग्यता पुगेका एक सय जना भन्दा बढीलाई परीक्षाका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरेको तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभयो ।

शैक्षिक गतिविधिमा क्रियाशील रहेका तथा न्यूनतम योग्यता पुगेका व्यक्तिहरुलाई अध्ययन सामग्री प्राप्त गर्न सूचिकरण हुन माग गरिएको थियो । जस अनुसार पालिका भित्रबाट सूचिकृत भएका १ सय भन्दा बढीलाई तयारी सामाग्री हस्तान्तरण गरिएको शिक्षा शाखा प्रमुख घर्तीले बताउनुभयो ।

अहिले तमानखोलामा अध्यापन गराउन गराउने योग्यता भएर पनि अध्यापन अनुमति पत्र नलिएकाहरु धेरै रहेकाले अध्यापन अनुमति पत्र प्राप्त गर्नका लागि केही सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । शैक्षिक विकासका लागि स्थानीय नागरिकलाई थप प्रोत्साहित गर्न गाउँपालिकाले समय–समयमा विभिन्न किसिमका शैक्षिक कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थी र शिक्षकलाई केन्द्रमा राखेर शैक्षिक कार्यक्रम गर्दै आएको गाउँपालिकाले यस पटक भने अन्य पालिकाले फरक खालको कार्यक्रम गरेको हो ।

‘तमाखोलामा धेरै दाजुभाई दिदीबहिनी अध्यापन अनुमति पत्र पाउने योग्याताको हुनुहुन्छ, तर उहाँहरु धेरैसँग अनुमति पत्र छैन,’ घर्तीले भन्नुभयो ‘उहाँहरुलाई सहयोग पु¥याउने हिसाबले परीक्षाका लागि आवश्यक तयारी सामाग्री वितरण गरेका छौँ, उहाँहरुले चासो देखाएर अध्ययन गरेर सफल हुनु हुनेछ ।’

गाउँपालिकाको उनीहरुका लागि शिक्षा नियमावली, नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अध्यापन अनुमति दर्पण एक–एक थान हस्तान्तरण गरिएको गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

अध्यक्ष बुढा मगरले गाउँमा अध्यापन पत्र पाउने योग्यता भएका नागरिकले पनि अहिलेसम्म विकटमा हुँदा अनुमति पत्र पाउन नसकेकाले उनीहरु प्रोत्साहन स्वरुप परीक्षा तयारी सामग्री वितरण गरेको बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *