पोखराले टस जित्यो, काठमाडौं ब्याटिङमा

 आदर्श अनलाइन, पोखरा
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौं किङ्स इलाभेन र पोखरा राईनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंविरुद्ध पोखराले टस जितेर फिल्डिङ गर्ने भएको छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा छ भने पोखरा विनोद भण्डारीको कप्तानीमा छ ।

पोखरा १ खेलअघि नै प्लेअफमा पुगिसकेको छ । २ खेल खेल्न बाँकी रहेको काठमाडौंले १ खेल मात्र जिते प्लेअफमा स्थान बनाउनेछ । यसअघि चितवन र भैरहवासहित पोखरा प्लेअफमा पुगिसकेका छन् ।

जारी एपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ ।

५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ३ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *