कुँडुलेमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न

आदश अनलाइन, बागलुङ
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर धौलागिरी आयुर्वेद औषधालयले मुक्तिनाथ वेद विद्याश्रम कुँडुलेमा ३ दिने जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै मुक्तिनाथ वेद विद्याश्रम कुँडुलेका स्वामी प्रपन्नाचार्यले जेष्ठ नगरिकले नियमित व्यायाम गर्नुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिक घरमै मात्र बस्ने र आफ्नो दिमाकमा धेरै खालका कुरा खेलाउदा स्वास्थ्यमा समस्या आउने भएका कारणले दैनिक व्यायाम, पूजापाठ, भजन कृतन गर्दा स्वास्थ्यलाई राम्रो हुने बताउनुभयो ।

कार्यक्रममा कुँडुलेका ७९ जनो जेष्ठ नागरिकलाई औषधालयका डाक्टर सरोजकुमार राय र स्वामी प्रपन्नाचार्यले स्वास्थ्य जीवनशैली र योग सम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने डाक्टर एकराज ढुंगानाले रोगानुसार रसायन औषधी वितरण गर्नु भएको थियो ।

कार्यक्रममा ७९ जना जेष्ठ नगरिकको स्वास्थ्य परीक्षण गरि ४९ जनालाई आयुर्वेद औषधी वितरण गरेको रायले जनाकारी दिनुभयो । कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका व्यवस्थापन समितिका अध्यक्ष राजिव घिमिरेको अध्यक्षयता लेखा अधिकृत मनिष शर्माको सहजिकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *