प्रहरीलाई माक्स सहयोग

आदर्श अनलाइन, पर्वत
६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्वतलाई मास्क हस्तान्तरण गरिएको छ । लामो समयदेखि समाजिक क्षेत्रमा सक्रिय रहदै आएको सहयोगी हातले जिल्ला प्रहरी कार्यालय पर्वतलाई ८ सय र पर्वत ट्राफिकलाई २ सय थान मास्क हस्तान्तरण गरेको हो ।

माक्स हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले कोरोना महामरीको समयमा प्रहरीको अवस्थालाई ध्यानमा राखेर माक्स सहयोग गरेकोमा धन्यबाद दिँदै अहिले पनि बजारमा कोरोना महामरीको जोखिम कम नभएको हुदाँ सबै सुरक्षित रहनु पर्ने बताउनुभयो । चाडबाड सुरु भएसंगै बजारमा भिडभाड बढेको हुनाले आति आवश्यक बाहेक बाहिर ननिस्कने र घर बाहिर निस्कनै परेमा माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो ।

कोरोना महामारीमा फ्रन्टलाइनमा बसेर देश र जनताको लागि निरन्तर सेवामा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षाको लागि सहयोगी हातले माक्स सहयोग गरेको सहयोगी हातका अध्यक्ष निखिलेस पुरीले बताउनुभयो । उहाँले सामाजिक सेवा गर्नपाउदा खुशी मिल्ने भन्दै आगामी दिनमानी यस्ता खालका अभियानलाई निरन्तरता दिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *