प्रविधि मैत्री साहित्यिक जागरणमा काजी रोशन

सरोजराज पन्त
नेपाली साहित्य आकाशमा काजी रोशन कुनै नोलो र अपरिचत नाम होइन । मोफसलमा जन्मेर साहित्यको जग बसाल्ने र त्यसलाई हरभरा बनाउने काममा सदा तल्लीन स्रष्टाको उच्च श्रेणीमा स्थापित व्यतिm काजी रोशनको जन्म बिस २००६ कात्तिक २ गते बागलुङ नगरपालिका–३, नौविसेटोलमा पिता स्व. भमरजंग राजभण्डारी र माता स्व. हरिलक्ष्मी राजभण्डारीको कोखबाट भएको हो । एक सहासिक, कर्मशील साहित्य आकाशका अमुल्य रत्न काजी रोशनले हालसम्म दुई दर्जन पुस्तकहरु प्रकाशित गरिसकेका छन । उनले साहित्यका विविध विधामा कलम चलाएका छन । मानवसरोवरमा डुबुल्की मार्दा (संस्कृति÷नियात्रा), हिम श्रृखलाबाट (कविता), सम्झनाको गारेटोमा मोहन बहादुर मल्ल (संस्मरण), पं जगन्नाथ स्मृति ग्रन्थ (सम्पा¬¬दन, जीवनी), चारो टिप्न गएका वस्तिहरु (नियात्रा), एम्बुस देश र पूmलदानीहरु (कविता) , कवि, रोगी र नर्स (नियात्रा), एक झुप्पा प्रकाश (भूमिका), स्रष्टा भेटका स्वर्णाक्षर (हस्तलिपि एवं हस्ताक्षर), किसान (कविता), राजभण्डारी दर्पण (खोजमूलक, वंशावली), हेमराज शर्मा पौडेल : व्यक्तित्व र योगदान (सम्पादन, जीवनी), रायल स्काउलिस यात्रा (नियात्रा), बागलुङका चिरागहरु (अनुसन्धानपरक जीवनी), स्वास्थ्य क्षेत्रमा डा. तरुण पौडेल (सम्पादन¬¬) जीवनी, कर्मयोगी समाजसेवी गणेशमान सैजु ः व्यक्तित्व र योगदान (सम्पादन, जीवनी) शिक्षा एवं समाजसेवी कुलप्रसाद श्रेष्ठ व्यक्तित्व र योगदान (सम्पादन) जीवनी, वरिष्ठ अधिवक्ता पद्यनाथ शर्मा पौडेल व्यक्तित्व र योगदान (सम्पादन, जीवनी), भुपि पुरस्कार स्थापना विशेष तथा मेरा हरपल कृति प्रकाशन गरेका छन । यसका साथै दर्जनांै पुस्तकहरुको सम्पादन समेत काजी रोशनले गरेका छन ।

साहित्य सृजनाको यसै शिलशिलामा दीर्घसेवा पदक, जानपद सेवा पदक, प्रवल जनसेवा श्री, भानुभक्त स्वर्ण पदक, सत्यमोहन जोशी शताब्दी पदक, त्रिमुर्ति निकेतन मित्रसेन साहित्य सगित सभा धर्मशाला (उत्तर प्रदेश) भारत लगायत दर्जनौ सस्थाबाट पदक र पुरस्कार तथा सम्मान प्राप्त गरेका काजी रोशन, धवलागिरिका नमूना बागलुङ एफ.एम., भागीरथ साहित्यकार, साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पा, धवलागिरिका मोती, भुपि पुरस्कार स्थापना अभियान, भानु जयन्ती, मोती जयन्ती देवकोटा जयन्ती आदिमा निरन्तर लागि रहेका छन । आफनै निजी रकम अक्षकोष राखी धौलागिरि साहित्य प्रतिष्ठान २०४१ स्थापना र पुरस्कार कोषको व्यवस्था गरि काजी रोशन साहित्य पुरस्कार २०४१ देिख नै प्रदान गर्दै आएकोमा साहित्यिक पाण्डूलिपि कृतिको आह्वान गरेर प्राप्त पाण्डूलिपिहरु मध्ये पूरस्कार योग्य ग्रन्थलाई काजी रोशन साहित्य पुरस्कारको घोषणासँगै ग्रन्थ प्रकाशित समेत गरी एक समारोह बिच पुरस्कार प्रदान गर्दै आएको छ । सो अनुसार २०४१ देखि २०५३ सम्म धौलागिरि अञ्चल स्तरमा र २०५३ देखि राष्ट्रिय स्तरमा प्रदान गर्दै आएको सो पुरस्कार २०७१ देखि प्रकाशित कृतिलाई प्रदान गरिदै आएको र अहिलेसम्म १४ जना सष्ट्राहरु पुरस्कृत भएको अवस्था छ । यसैगरी रुपन्देही भैरहवावाट प्रदान हुदै आएको सृजनशील काजी रोशन साहित्यिक पुरस्कारबाट पनि अहिलेसम्म तीन जना स्रष्टा पुरस्कृत भै सकेका छन । भूपि पुरस्कार अक्षयकोषको स्थापना गरी हरेक बर्ष पुरस्कार प्रदान गर्दे आएका छन । जसमा एक बर्ष स्रष्टा र अर्को बर्ष सस्थालाई जसले भूपिको बारेमा पिएच डी वा विश्लेषण, समालोचनामुलक कृति प्रकाशन गरेका छन र संस्थाले पनि उनको बारेमा योगदान दिएमामात्र सम्मान तथा पुरस्कार दिने व्यबस्था गरेका छन । यसबाट सष्ट्रमा प्राडा सुधा त्रिपाठी र कुसुम शर्मा तथा सस्थामा थकाली सेवा समाज बुटवल पुरस्कृत र सम्मानित भएका छन । धौलागिरि साहित्य प्रतिष्ठानसँगै स्थापना गरिएका बिभिन्न पुरस्कार सस्थाहरु यस प्रतिष्ठानले जन्माएको छ । धौलागिरि साहित्य प्रतिष्ठानबाट साहित्गककारहरु मात्र नभइ कलाकार, पत्राकार, समाजसेवी, प्राज्ञिक, शैक्षिक व्यतिmत्व, महिला, विधार्थी,अपाङ, स्वास्थ्यकर्मीहरु बर्षेनि पुरस्कृत हुदै आएका छन ।

साहित्य सृजनाका क्षेत्रका हस्ती काजी रोशनले यस क्षेत्रमा पु¥याएको योगदानको वारेमा त्रिभुवन विश्व विद्यालयमा स्नातकोत्तर र स्नातक तहमा अध्ययनरत छात्र छात्रावाट शोधपत्र लेखन गरेका छन । ती शोधपत्रहरुमा साहित्यकार काजी रोशन जीवनी व्यक्तित्व र कृतित्व अध्ययन, साहित्यकार काजी रोशनका यात्रा निबन्ध अध्ययन, कवि काजी रोशन एम्बुस देश र फुलदानीहरु कविता सङ्गहका अध्ययनको वारेमा शोध गरेका छन । काजी रोशनले साहित्य सृजनासँगै प्रस्तोताको रुपमा सयपत्री एफ ः एममा साहित्यिक कार्यक्रम सञ्चालन समेत गरेका छन । यस बाहेक दर्जन संस्थाहरुको कार्यसमिति सदस्यमा रहेर महत्वपूर्ण भूमिका खेलेका छन ।

साहित्यकार काजी रोशनका कृतिको अध्ययन, व्यतिmत्व र क्रियाकलापहरू हेरिसकेपछि उनलाई विविध व्यक्तित्वका रुपमा बुझन र चिन्न सकिन्छ । उनी एक उर्जावान सिर्जनशील व्यक्तित्व हुन भने कुशल समीक्षक, सम्पादक–सङ्कलक हुन । नेपाली भाषा साहित्य र संस्कृतिका संरक्षक तथा प्रेरक व्यक्तित्व हुन । उनमा विविध क्षमता रहेको देख्न सकिन्छ । साहित्य मार्फत समाजसेवा, भाषासेवा गर्नु उनको पहिचान बनेको छ । काजी रोशन कृतिको उचाईमा हालसालै एउटा खुडकिलो माथि उक्लेको छन र थप उचाईमा बिरजमान भएका छन । मेरा हरपल नामको कृति प्रकाशन गरेपछि उनको यो दायरा अझै बुहत र फराकिलो बनेको छ । मेरा हरपल कृतिमा उनले वर्तमान प्रविधिको अधिकतम प्रयोगमात्र गरेका छैनन यस मार्फत देश विदेशका समेत नेपाली साहित्यिक गतिविधि, सृजनशीलता, समन्वय, सहकार्यको काम गरेर आफना अनुयायी र साहित्यमा नयाँ अनुहार आर्कर्षित गर्न जागरण गराएका छन भने पुराना साहित्कार र सष्ट्राहरुको सम्बन्धलाई पुर्नताजकी गराउने प्रयत्न गरेका छन । देशका विभिन्न साहित्यकारहरुको योगदानको बारेमा चर्चा परिचर्चा गर्दे उनीहरुका छोरा नाति र सन्नतिलाई ती स्रष्टा साहित्यकारहरुले गरेका काम र योगदानको सम्मान र उच्च मूल्याङ्खन गर्न हरपल लागि रहन काजी रोशन खप्पिस रहेका छन । यसै क्रममा आफुले गरेका विविध साहित्यिक गतिविधि, भेटघाट, सृजना, समन्वयको संगालोको रुपमा एक सय तीस हप्ताको गतिविधि संगालेर तयार पारेका छन । यो मेरो हरपल पुस्तकले साहित्य, सृजना र प्रविधिको प्रयोगको जगतमा एक महत्वपूर्ण जागरण ल्याएको छ ।

साहित्यकार काजी रोशनले साहित्यमा प्रविधिको समुचित प्रयोग गर्दे विगत २०७५ जेठ १६ गते देखि २०७७ मंसिर १८ गतेसम्म एक सय तीस हप्तासम्म आफुले सामाजिक सञ्जाल फेसबुकमा राखेका साहित्यिक लेख, विविध साहित्यिक कार्यक्रममा सहभागी भएका व्यतिm तथा कार्यक्रमहरु र साहित्यिक व्यक्तित्वहरुसँग गरिएको भेटघाट विचार विमर्शलाई समेटेएर तयार पारेको कृति ‘मेरा हरपल’ हो । अहिले हरेक मानिसले दैनिक केही न केही काम गरेका हुन्छन जसमा समाज र राष्ट्रका लागि दीर्घ कालसम्म महत्वपूर्ण हुने दस्तावेज सम्बन्धि काम समेत हुन्छन तर पनि ती सबै कामले उचित आकार नपाउदा त्यसै हराउने र अपेक्षित उपलब्धिका काम नहुने गरेका छन । काजी रोशनले उतारेर यो कामले प्रविधिको प्रयोग गरी साहित्य सृजनामा सर्जकलाई पुर्नताजगी गराउने काम गरेर यो कृति तयार पार्नु यो क्षेत्रको एक महत्वपूर्ण र सह्रानिय कार्य हो । हरेक मानिस र सर्जकले हरेक दिन स्वतस्फुर्त रुपमा राम्रा अबधारणा जन्माएपनि ती कामलाई लिपिवद्ध गर्न नसकेको अवस्थामा यो कामले थप सृजनशीलताको जन्म गराउनुका साथै जागरण ल्याउने काम गरेको छ । अब हामीले पनि दिनहँु कैयौ भेटघाट गरेका विषयलाई दैनिक केही समय दिएर लिपिबद्ध गर्न जरुरी छ । तर अहिले सम्म हामी सबैले गर्न सकेका छैनौं र यो सस्कार बसाल्न पनि सकेका छैनौ । अब यस कार्यवाट नयाँ पुस्तालाई उत्प्रेरित गर्न र सबै सर्जक तथा अनुसन्धानकर्ताले यस्ता कामलाई पछाउन गर्न सके आफुलाई र समाजको लागि समेत भविश्यमा महत्वपूर्ण काम हुने तथा यसबाट सिक्ने सिकाउने कार्यमा टेवा पुग्ने देखिन्छ । यसरी दैनिक रुपमा यो पुस्ताले गर्ने यस्ता राम्रा कामको लिपिबद्धताले भावी पिढिको लागि प्रेरणा र मार्गदर्शनको काम गर्ने देखिन्छ । यसका साथै भविश्यमा यस विषयमा थप अध्ययन अनुसन्धान गर्न चाहनेहरुका लागि यो महत्वपूर्ण स्रोत बन्नुका साथै साहित्य सृजनामा टेवा पुग्ने भएकोले यस कार्यलाई अनुसरण गर्न आवश्यक देखिन्छ ।

बागलुङमा जन्मेर साहित्य सेवालाई कर्मथलो बनाएका काजी रोशनले दुई दर्जन जति सृजना र पुस्तकहरु पस्केर नेपाली साहित्य भण्डार थप बलियो बनाएका छन । आफु साहित्य सृजनामा लाग्नुमात्र उनको परिचय होइन र यसको माध्यमबाटमात्र उनको बृहत् आयामलाई नाप्न सकिदैन र कदापि नाप्नु पनि हुदैन । उनले झण्डै चारदशक पहिले साहित्य सृजनामा नवयुवाहरुलाई आर्कषित गर्न र साहित्याकाशमा अरु उज्ज्वल दीयोको रुपमा रोशन बाँडन तथा यस क्षेत्रलाई देशभर झलमलाउन धवलागिरि साहित्य प्रतिष्ठान र पुरस्कारको स्थापना गरे । आफ्नो एकल प्रयासबाट सुरुभएको सस्था र पुरस्कारले एक दशकमै साहित्याकाशमा उर्जा थपिदियो र यस क्षेत्रको पहिचानलाई जिवन्त राख्न तथा देखिएको शून्यतामा एकाएक जागरण ल्याउने काम ग¥यो । प्रारम्भिक चरणमा सानो धनराशिबाट सुरु गरेको सस्थामा मन राशि र समयको लगानी ठुलो भएकाले यस पुरस्कार संस्थाले छोटो समयमा उद्धेश्यानुरुपको लक्ष्य हासिल ग¥यो भने समयानुकुल आफ्नो पुरस्कार राशीसँगै क्षेत्र पनि बढाउदैँ गयो । यस सस्थाले पश्चिम नेपाल गण्डकी प्रदेश हुदै राष्ट्रिय स्तरका साहित्य सर्जकहरुलाई पुरस्कृत र सम्मान गरी धमाधम साहित्य सेवामा सर्मर्पित भइरहेको छ ।

अहिले साहित्यकार काजी रोशनलाई यस समाजले निरन्तर क्रियाशील सशक्त साहित्यकारको रुपमा बुुझेको र चिनेको छ । अहिले काजी रोशन साहित्यका सच्चा रोशन बनेर आफै संस्था बनी सकेका छन । उनले स्थानीय एवम् राष्ट्रिय स्तरका दर्जनौ सङ्घसङ्स्थामा आफ्नो क्रियाशीलता देखाइ रहेका छन । साहित्य सृजनामा यति धेरै कर्मशील काजी रोशन सधैं पुराना तथा ओझेलमा परेका साहित्यकारहरुको सम्मानमा सस्था जन्माउने, अक्षयकोष बनाउन उनीहरुका सन्ततीलाई हौसाउने र उत्प्रेरित गर्ने व्यतिmका रुपमा चिनिन्छन ।

आपूmमा साहित्य चेतना आएको दिनदेखि साहित्य सेवालाई मुख्य पेशा बनाएर, वाङ्मयसेवालाई लक्ष्य ठानेर अविच्छिन्न योगदान दिने काजी रोशन धवलागिरि क्षेत्रका सच्चा रोशन हुन । यो पंतिmकारले आफु जन्मनु भन्दा अगाडिदेखि नै साहित्य सेवामा अविरल सर्मर्पित काजी रोशनको वारेमा यो लेख तयार गर्न आफुले अध्ययन गरेका उनका कृति, सुने भोगेका तथा थाहा पाएका विषयवस्तुलाई आधारमानी उनको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानको चर्चा गरेको छ । यसरी समाजका यस्ता व्यतिmत्वको बारेमा लेख तयार गरी समाजमा नै पस्किने कार्य इन्द्रका अगाडि स्वर्गको वयान जस्तो हुन पनि सक्दछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित र देशका महान साहित्यकार तथा सष्ट्राहरु सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, भूपि शेरचन, बालकृष्ण सम, कमलमणि दिक्षित, कालीभतm पन्त, पारिजात, मोहन बहादुर मल्ल, धर्मराज थापा, बासु शशी, तुलसी दिबस, भवानी भिक्षु, परशु प्रधान, गोपाल प्रसाद रिमाल, भीमनिधि तिवारी, बिजय मल्ल, सरु भतm, लगायत सयौं सर्जक साहित्यकारहरुद्धारा विभिन्न नाम, उपनाम, विशेषण दिएर चर्चा कमाएका साहित्यकार काजी रोशनको समग्र व्यक्तित्व र योगदानको क्षणभरमा लेखेको एउटा सानो लेख जसलाई केही पृष्ठमा समेटन खोज्नु अवश्य जटिल कार्य हो । तथापि यहाँ सारांशमा उनको परिचयात्मक योगदान प्रस्तुत गरिएको छ ।

उनमा अहिले पनि साहित्य क्षेत्रमा अरुलाई उत्प्रेरित गर्ने, सृजनाका लागि जार्गित गराउन रतिभर बुढयौली लागेको देखिदैन । उनी पहिले जतिकै क्रियाशील बनेर पुुुरस्कारका साथसाथै विभिन्न साहित्यिक, सांँस्कृतिक एवम् सामाजिक सङ्घसस्थाहरुमा आफ्नो रोशन खर्चिरहेका छन । काजी रोशन मोफसलका साच्चिनै उर्जाशील रोशन हुन जसलाई यही मोफसले हुर्कायो, साधना, सृजना र सीपको उपयोग गरेर राष्ट्रिय उचाइमा पु¥यायो र अहिलेको व्यक्तित्व बनायो । धवलागिरिको विभिन्न साहित्यकाहरु मध्ये शिखरमा चलायमान दुईवटा आँखामा एउटा आँखा प्रेम छोटा र अर्का आँखा काजी रोशन हुन । यी दुई आँखाबीचको थप तादाम्यता, समन्वय तथा सहकार्यबाट यहाँका नवस्रष्टा र नयाँपुस्ताले उनीहरुको काखवाट सिर्जनाको अझै न्यानो उज्यालोमा सर्मर्पित हुन पाएमा र सकेमा सवैलाई गर्वानुभूति हुनेछ । देशभरका साहित्य सर्जकहरुले पनि काजी रोशन, प्रेम छोटाले झैँ मोफसलमा बसेर केन्द्रमुखी नबनी आप्mनै जन्म क्षेत्रलाई कर्म क्षेत्र बनाएर लागि पर्ने हो भने मुलुकको वाङ्मयको उत्थानमा र सर्वाङ्गीण विकासमा गहन टेवा पुग्ने देखिन्छ ।

वाङ्मयकार, साहित्यकार, कुशल सर्जक र मागदर्शकको रुपमा छवि बनाएका काजी रोशन जस्ता साधक व्यक्तित्वको बल, प्रतिभा, इमान्दारिता र परिश्रमको सदासर्वदा हामी सबैकालागि साथ सहयोग तथा साहित्यिक छहारीको आवश्यक छ । साहित्य आकाशको गरिमालाई थप उचाईमा पु¥याउन उर्जावान, सृजनशील, उत्प्रेरक काजी रोशनको पछिल्लो कृति ʿमेरा हरपल’को लागि हार्दिक बधाई ज्ञापन गर्दै उनको आगामी दिनमा उनका नयाँ–नयाँ कृतिहरु प्रकाशित हुँदै जाउन्, साहित्यिक तथा साँस्कृतिक क्षेत्रमा उनको क्रियाशीलता अझै शिखरित हुदैं जाओस् र आगामी जीवन थप साहित्यमय, पूर्ण सुस्वास्थ्य, दीर्घायू बनोस हार्दिक शुभकामना !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *