बागलुङमा ट्रायल पास गर्दासाथ सवारी चालक अनुमतीपत्र

आदर्श अनलाइन, बागलुङ

धौलागिरी यातयात व्यवस्था कार्यालय बागलुङले दुई पाङ्ग्रे सवारीचालक अनुमती पत्रको परिक्षा पास गर्दासाथ परिक्षणकालिन लाइसेन्स प्रमाणपत्र दिन थालको छ ।

कोरोनाका कारण रोकिएको सवारी चालक अनुमती पत्रको ट्रायल परिक्षा असोज १५ गतेदेखि शुरु भएको छ ।

१५ गते ट्रायल पास गरेपछि मंगलबार यातयात व्यवस्था कार्यालयमा राजश्व बुझाउन आएका १५ जनालाई कार्यालय प्रमुख पारसिङ थापाले परिक्षण कालिन सवारी चालक अनुमती पत्र वितरण गर्नुभएको थियो ।

अहिले यातयात व्यवस्था कार्यालय बागलुङले नियमित सवारी चालक अनुमती पत्रको परिक्षाका लागि दरखास्त आव्हान गरिएको छ । कोरानाका कारण आवेदन दिएका सवारीचालक अनुमती पत्र प्राप्त गर्न इच्छुकहरुलाई छिटो छरितो सेवा दिन थालिएको सवारीचालक अनुमती पत्र शाखा प्रमुख श्याम कुमार थापा मगरले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहर पछि असोज १५ गते २२० जनाले परिक्षा दिएका थिए । यस अघि सवारी चालक अनुमती पत्रको परिक्षा पास भएकाले स्मार्ट लाइसेन्स नआउदा सम्म राजश्व तिरेको रसिदमात्रै बोक्नुपर्ने अवस्थामा अहिले क्यूआर कोड जडित अस्थायी लाइसेन्स वितरण थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *