संयोग पन्त
‘शिक्षा’ भन्ने बित्तिकै औपचारिक रुपमा स्कूल, क्याम्पस आदिमा र अनौपचारिक रुपमा घरमै सिक्ने तथा सिकाउने अनि अध्ययन गर्ने गराउने वा पढ्ने बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बुझाई वा ज्ञान शिक्षा हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकाले आजको युगमा यसको निकै ठूलो महत्व छ । शिक्षा विना मानिस ज्ञानको अन्धो हुन्छ । सिङ र पुच्छर नभएको जीव सरह हुन्छ । शिक्षा आजका मान्छेको एक महत्वपूर्ण गहना भएकोले आज यसको महत्व निकै ठूलो छ । शिक्षा सबैको आधारभूत आवश्यकता हो । हाम्रो लागि शिक्षा प्राप्त गर्नु खाना, लुगा र आश्रय पाउनु जत्तिकै अति आवश्यक छ ।
सरल शब्दहरुमा, शिक्षाको अर्थ ज्ञान र विचार प्राप्त गर्नु हो । शिक्षा मानव जातिको सुन्दर गहना हो । यसले समाजमा मानिसको इज्जत र मान प्रतिष्ठा बढाउँछ । समाजमा शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । मानिसलाई शिक्षाले दिने सुख आमाले दिने सुख जस्तो महान हुन्छ । र असल शिक्षाले हामीलाई सुख दिन्छ । यसले मानिसलाई दरो बनाइदिन्छ । त्यसैले, शिक्षा वा विद्या कुनै पनि व्यक्तिको अमुल्य सम्पति हो । पढे लेखेको व्यक्तिले कहिले पनि दुःख पाउँदैन भन्ने कुरा पनि ठीक हो । शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकाले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ र जीवन र समाजको लागि महत्वपूर्ण छन् । शिक्षा विभिन्न पक्षहरुको बारेमा जानकारी प्राप्त गर्ने प्रक्रिया हो । शिक्षा दुई तरिकाबाट प्राप्त गर्न सकिन्छ, औपचारिक र अनौपचारिक । औपचारिक शिक्षा स्कूल, कलेज, वा विश्वविद्यालयमा सामेल गरेर प्राप्त गरिन्छ जब कि अनौपचारिक शिक्षा परिवार, समाज, र राष्ट्रमा हाम्रो अनुभवको माध्यमबाट प्राप्त हुन्छ । शिक्षा सामान्यतया शैक्षिक संस्थाहरुको माध्यमबाट ज्ञानको रूपमा मानिन्छ तर शिक्षाको प्रक्रिया जन्मबाट शुरू भएर मृत्युसम्म हुन्छ ।
मानव जीवनमा शिक्षाको धेरै महत्व छ । यसैले यो भनिन्छ कि शिक्षा मानवको एक अमूल्य सम्पत्ति हो । भौतिक गुणहरु नष्ट हुन सक्छ तर कोहीद्वारा प्राप्त शिक्षा उनको सम्पूर्ण जीवनको लागि रहन्छ । शिक्षाले नै गर्दा मानिसलाई पृथ्वीमा अन्य जीवित प्राणीहरुबाट अलग बनाँउछ । व्यक्तिगत जीवनको महत्वको अलावा, शिक्षा समाजको लागि पनि महत्वपूर्ण छ । एक शिक्षित व्यक्ति अनुशासित र सभ्य हुन्छ । उसलाई थाहा छ कि के गलत र के सही छ । शिक्षित व्यक्ति समाजमा एक राम्रो स्थिति राख्दछ । जसले अन्य व्यक्तिहरुलाई अनुशासन र शिष्टाचार बन्न सिकाउँछ । त्यसैले ऊ सधैं अरुद्वारा सम्मानित हुन्छ । अर्कोतर्फ अशिक्षित वा अज्ञानी व्यक्ति सधैं मूर्ख काम गर्दछ र जीवनमा उचित निर्णय लिन सक्दैन । नभएको मानिस पशु सरह हुन्छ र यसले समाजमा मान पनि पाउँदैन । ऊ प्रायशः समाजमा अपमानित हुन्छ । उसमा राम्रो गुण र शिष्टाचारको कमी छ । अशिक्षित मानिस भौतिक दृष्टिले जतिसुकै सम्पन्न भए पनि उसले भित्रि मनका सुख प्राप्त गर्न सक्दैन । आजको युगमा अशिक्षित मानिसले केही पनि गर्न सक्दैन अनि अशिक्षित नागरिकहरुबाट कुनै पनि राष्ट्रले उन्नति गर्न सक्दैन ।
घर पहिलो विद्यालयको स्वरुप मानिन्छ । त्यसैले परिवारका बूढा सदस्यहरुलाई राम्रो बानी बसाल्नका लागि प्रयास गर्नु पर्छ, । उनीहरुलाई स्वास्थ्यको बारेमा सूचित गर्नुपर्छ र उनीहरुलाई एक तरिकाले सम्झाउने कोसिस गर्नु पर्छ कि उनीहरुले के गर्ने र के नगर्ने मात्र उनीहरु बुझ्न सक्छन् ।
एक बच्चा आफ्नो आमा बुबाद्वारा प्रदान गरिएको ज्ञानको माध्यमबाट सामाजिक र सांस्कृतिक मापदण्डहरुको बारेमा जान्न पाउँछ । सामाजिक विश्वास, धर्म, संस्कृति, विचारधारा, दर्शन, साहित्य शिक्षाको माध्यमबाट विकीर्ण छन् । शिक्षा राष्ट्रको लागि पनि मूल्यवान छ । राम्रो स्तरको शिक्षा भएको देशमा दक्ष जनशक्ति विकासको लागी आवश्यक हुन्छ । यदि नागरिक शिक्षित छन्, उनीहरुको देशको आर्थिक, सामाजिक, र वित्तीय स्थितिको उत्थानको लागी देशको विभिन्न क्षेत्रहरुमा रोजगार पाउँछन् ।
मानिसले शिक्षा आर्जन गर्ने स्कूल, क्याम्पस आदि हुन् । यीनै ठाउँमा विद्यार्थीको ज्ञान रूपी आँखा खुल्दछन् । ज्ञान आर्जन गरिसके पछि व्यक्ति भित्रको अज्ञानताको अन्धकार हराउँदै जान्छ । अनि मानिस मूर्ख नभई ज्ञानी हुन्छ । आजको युगमा अशिक्षित मानिसले खुब दुख पाउँछ । अशिक्षित मानिसले पशुको जस्तै नारकीय जीवन भोग्नुपर्ने हुन्छ । त्यसैगरी शिक्षित मानिसको दिमागमा अन्धविश्वास पनि जरा गाडेको हुन्छ । अन्धविश्वासमा अल्झेका मानिसको उन्नति हुन् सक्दैन ।
नारी र पुरुष दुवै शिक्षित भए भने मात्र समाज वा राष्ट्रको उन्नति हुन् सक्छ । नारीले पनि पुरुष सरह पढ्न पाउनुपर्ने कुरामा सबैले जोड दिनु अति आवश्यक छ । अझै पनि हाम्रो देशका कतिपय ठाउँमा छोरीहरूलाई पढाउने गरिँदैन । यसरी छोराहरू मात्र शिक्षित भई ठाउँमा छोरीहरू शिक्षित भएनन् भने शिक्षाको कुनै अर्थ रहँदैन । नारीहरू अशिक्षित हुँदा समाज र राष्ट्रको विकास पुरा नभई अधुरो रहन्छ ।
विद्यार्थीहरु ती व्यक्तिहरु हुन् जो शिक्षा प्राप्त गर्ने उद्देश्यको लागी बिभिन्न शैक्षिक संस्थाहरुमा अध्ययन गर्छन् । एकै समयमा, उनीहरु धेरै चीजहरु जान्दछन् र उनीहरु शारीरिक र मानसिक रूपबाट विकसित हुन्छन्, र कुनै पनि चिन्ता बिना आफ्नो बचपनको आनन्द लिन्छन् । विद्यार्थी जीवन सबैका लागि एक धेरै महत्वपूर्ण समय हो । यस समयको दौरान उनीहरु जीवन, स्कूल र कलेजमा शिक्षाको बारेमा जान्ने गर्दछन् । विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने हो । तर, अहिले हामीजस्ता धेरैजसो विद्यार्थीहरु किताबको ज्ञानमा मात्र सीमित भएका छन् । हामी पुस्तकको ज्ञानका साथै अन्य बाह्य चीजहरुबारे जान्न र बुझ्न पनि आवश्यक हुन्छ । विद्यार्थी स्कूल र सामुदायिक कार्यक्रममा भाग लिनु पर्छ, अखबारहरु पढ्न, आफ्नो खाली समयमा रचनात्मक काम गर्न, आफ्नो आमाबुबालाई मद्दत गर्नु पर्छ ।
विद्यार्थीहरुलाई भविष्यको देशको नेता मानिन्छ । त्यसैले उनीहरुलाई उचित शिक्षा, जीवन कौशल, र प्रशिक्षण दिइन्छ । एक राम्रो विद्यार्थी समाज र देशको लागी राम्रो गर्नमा जान सक्छ । यदि हामी विद्यार्थी जीवनलाई सही ढंगले प्रयोग गर्छौं भने मात्र हामी चाँडै सफलताको तर्फ पुग्न सक्छौं ।
शिक्षा एउटा यस्तो धन हो, जसलाई न कसैले चोर्न सक्दछ न कसैले खोस्न सक्दछ । यो मात्र यस्तो धन हो जून बाडदा कहिलै कम हुदैन र सकिदैन बरु बढदै जान्छ । तपाईं हामीले देखि रहेका छौ कि जून शिक्षित व्यक्तिहरु हुनुहुन्छ उहाँहरुको समाजमा मान सम्मान र विशेष स्थान रहेको हुन्छ । हामीहरुलाई यो स्मरण हुनु आवश्यक छ कि शिक्षा हाम्रो जीवनको अभिन्न अंग हो । शिक्षाले तपाईं हामीलाई समाजमा अलग किसिमको मान सम्मान दिनुको साथै समाजमा सिर उठाई जीउन सिकाउँने भएकोले असल शिक्षा लिन आवश्यक छ ।