किराना पसल कि अखाद्य भण्डारण !

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजार स्थित उपल्लाचौरको जाल्पा सपिङ सेन्टर किराना पसलमा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला प¥यो । बजार छेउको किराना पसलमा यसअघि अनुगमनको नजर नपरेका कारण व्यापारीको मनोमानी समेत बढेको देखिन्छ । उक्त पसललाई तत्कालै सिल गरेर रु.एक लाख ५० हजार जरिवाना सहित प्रशासनमा हाजिर हुन भनिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताउनुभयो ।

“चाडपर्वका अवसरमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरोकारवालाको समूह अनुगमनमा निस्केको थियो, बजारको एक पसलमा त अधिकांश सामान मिति गुज्रेको, कुहिएको अखाद्य सामाग्री पाइयो । जाग्छ किराना पसल नभएर विषको भण्डार जस्तो देखियो,” विश्वकर्माले भन्नुभयो “पहिलो दिन १५ पसलमा अनुगमन गर्दा पसलै पिच्छे मिति गुज्रेका सामग्री, दर्ता प्रमाण पत्र नभएका र मूल्य सूचि नभएको पाइएको छ, मूल्य सूचि नभएका दुई पसललाई पाँच हजार जरिवाना तिराइएको छ, अन्य पसलहरुलाई सामग्री जफत गरी सेचत बनाइएको छ ।”

अनुगमनका क्रममा रङ्ग प्रयोग गरिएका झिनियाँ, मिति गुर्जेका खाद्य सामग्री, कुहिइएका खाद्य पदार्थ फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्राविधिक सओन्सा कुमार महतोले बताउनुभयो ।

“मानिसको शरीरका लागि विष जस्तै हानिकारक खाद्य पदार्थहरु विक्रीका लागि राखिएको, मिति गुज्रेका सामग्रीको व्यवस्थापन नगरिएको तथा मूल्य सूचि नै नराखिएका पसलहरु फेला परेका छन्” उहाँले भन्नुभयो “यस्तै गरी कडिकडाउ बजार अनुगमन गर्न सके केही हद सम्म उपभोक्तालाई राहत हुने थियो, नत्र भने कति समय सम्म उपभोक्ताले अखाद्यय सामाग्री उपभोग गर्ने ।”

अनुगमनमा निस्केको सरोकारवाला निकाय र पत्रकारको टोलीले बागलुङ बजारका पसलै पिच्छे अखाद्य पदार्थ फेला पारेर बरामद गरेको छ भने एक पसललाई सिल गरेको हो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा चाडबाड लक्षित अनुगमन बुधबारदेखि शुरु गरेको छ ।

पहिलो दिनकै अनुगमनको क्रममा बागलुङ बजारको शिवधारा चोकका प्रत्येक किराना पसलम अखाद्य बस्तु फेला परेको र सबै पसलबाट केही न केही अखाद्य सामाग्री जफत गरिएको अनुगमनमा पुग्नुभएका राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि बजार अनुगमनका क्रममा यस्तो बेथिति फेला नपरेको बागलुङ नगरपालिकाका महिला विकास अधिकृत सरस्वती रेग्मीले जानकारी दिनुभयो । किराना पसल भनेको नागरिकको जीवनमा प्रत्यक्ष असर गर्ने भएकाले नागरिकको जीवनमा खेलवाड गर्न नहुने भएकाले अखाद्य वस्तुको किनबेच रोक्न बजार अनुगमनलाई कडाई गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट शर्माले बताउनुभयो ।

अनुगमनलाई दसैं सम्म निरन्तरता दिने भन्दै जिल्ला प्रशासन कार्यालयले सजगता अपनाएर उपभोक्ताले सामाग्री खरिद गर्न र व्यापारीले उपभोक्ताको हितलाई मध्यनजर गर्दै पसल सञ्चालन गर्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *