ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन सिलन्यास

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट भवन निर्माण गर्न थालेको हो ।

भवनको नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले सिलन्यास गर्नुभएको हो । भवन निर्माणका लागि नगरपालिकाले ९५ लाख रुपैयाँ विनियोजन गरेको छ । चार तल्ले भवन निर्माणको स्टेमेट गरेको नगर प्रमुख नेपालीले बताउनुभयो । भवनको उपभोक्ता समिति मार्फत काम अघि बढेको नेपालीले बताउनुभयो ।

बुर्तिबाङ बजारको पेट्रोलपम्म नजिक महिलाभवन रहेको जग्गामा नगरको भवन निर्माण थालिएको हो । तल्लोतलामा पार्किङ सहित माथिल्लो तीन तलामा नगरका प्रशासनिक कार्यालयहरु राखिने गरि भवन निर्माणको योजना बनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *