बागलुङमा बी एण्ड डी फलफूल तथा तरकारी मन्डी संचालनमा

आदर्श अनलाइन, बागलुङ
मिसन नेपाल कृषि सहकारी संस्था लिमिटेडले बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा बी एण्ड डी फलफूल तथा तरकारी मन्डी संचालनमा ल्याएको छ । मन्डीको उद्घाटनको उद्घाटन गर्दै संस्थाका अध्यक्ष दलसिंह खत्रीले कृषिकहरुले उत्पादन गरेका वस्तुलाई सहज रुपमा बजारसम्म ल्याउने माध्यमका रुपमा यसको स्थापना गरिएको बताउनुभयो ।

उहाँले विचौलियाले गर्दा कृषक र उपभोक्ता मारमा पर्ने गरेको भन्दै विचौलियाबाट कृषक र उपभोक्तालाई मुक्त गराउनका लागि आफूहरुले मन्डी संचालनमा ल्याएको बताउनुभयो । अध्यक्ष खत्रीले कृषकलाई प्रोहोत्सान गर्नुका साथै युवालाई स्वरोजगार गराउने मद्दत पुग्ने उहाँको भनाई छ ।

मन्डीमा विषेश गरि स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफूललाई विशेष प्राथमिकता दिएर ग्राहक र उत्पादकलाई मर्का नपर्ने गरि किन बेच हुने खत्रीको भनाई छ । कार्यक्रममा संस्थाका येशर सदस्य, उपभोक्ता मञ्च सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संस्थामा सचिव किशोर छन्त्यालको संचालनमा सम्पन्न भएको थियो । संस्थामा ४८८ जना शेयर सदस्य रहेका छन् । मन्डी २१ लाख रुपैयाँमा संचालनमा ल्याइएको संस्थाका सचिव छन्त्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *