बागलुङमा मनाइयो क्षत्री दिवस

आदर्श अनलाइन, बागलुङ

क्षत्री समाज बागलुङले क्षत्री दिवस मनाएको छ ।

सो अवसरमा समाजको चौधौँ वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा बोल्दै जेष्ठ सदस्य चन्द्र बहादुर खत्रीले आफ्नो पहिचान जोगाई राख्न एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा समाजका कोषाध्यक्ष धनबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सचिव रुद्र केसीले संस्थाको वर्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शिवकला थापा, कुलबहादुर कार्की, गणेश खत्री, दुर्गा कुवँर, खड्क कुमारी खडका लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो । कार्यक्रम समाजका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षता, उपाध्यक्ष महेन्द्रसिंह रायमाझीको स्वागत र सचिव रूद्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्