जिवन शाक्य
भारतका प्रख्यात उद्योगपति रतन ताता, स्वस्थ बुढो ब्यक्तिले फेसवुकमा ट्विट गर्दै लेख्नुहुन्छ–‘खानालाई औषधीको रुपमा खानुपर्छ, होइन भने औषधीलाई खानाको रुपमा लिनु पर्ने हुन्छ“ । तर, प्रायः हामी सबैले खानालाई औषधीको रुपमा होइन, खाना स्वादको रुपमा नै लिइरहेका छौ । परिणामतः ४० नाघेका प्रायः व्यक्तिहरुले उच्च रक्तचाप, चिनी रोग, मुटु रोग, थाइराइड, घुडाजोर्नी रोग, क्यान्सर पत्थर, प्रोस्टेट बढेको र दीर्घ ग्यास्टाइटिसको औषधी खान बाध्य भई खाइरहेका एकदम बढी छन् । कोही उच्च रक्तचाप संगै चिनी रोगको कारण पक्षघात, मृगौला फेल भएर एकदमै अपांगताको जीवन जिइरहेका छन् । कोही मुटुमा रक्त सञ्चार अवरोध भएर हर्ट एट्याक भई अकालमा जीवन गुमाउनेहरु पनि छन् । खानाकै कारण अप्रेशन गर्नुपर्ने समस्या भएका पेटको एपेन्डिसाइटिस, पाठेघर, क्यान्सर, मल्टिपल फाईव्राइड भएर महिलाहरुमा पाठेघरबाट रगत बग्ने समस्या बढी भई पाठेघर अप्रेशन गरेर फाल्नु पर्ने समस्या पनि महिलाहरुमा बढ्दै गएको देखिन्छ । यो सवारी साधनहरु बिगार्ने दुषित इन्धन जस्तै स्वाद वा रमाइलोका लागि लापरवाहीले खाने र खुवाउने गरिएका असुरक्षित खानपानले गर्दा हो । अहिले आएर शिशु बालबालिकाहरु पनि खराब दुषित तयारी खाजा खानाकै कारण रोग प्रतिरोध शक्ति भएर झाडापखाला, निमोनिया, घाटी दुख्ने, दातँ मुखको समस्याले पीडित हुन बाध्य भएका छन् ।
बजारमा पनि भारतबाट झिकाइएका फलफूल, तरकारी र अन्नहरु, नशा लाग्ने रक्सीजन्य बोतलका पेय पदार्थहरु, शरीरको यौन हर्मोन खलबल्याउने चिसो पेय पदार्थहरु, तयारी पाकेटका बिस्कुट, चाउचाउ, चिजबल, कुरकुरे आदि खराब चिल्लो र अजिनोमोथो र बढी नुन जस्ता हानीकारक खाजाहरु बजारमा छ्यापछयाप्टी पाइन्छ । स्थानीय उत्पादनका स्वच्छ तरकारी, फलफूल, तयारी खाजाहरु कम पाइन्छ । कृषि प्रधान भनेर घोषित गरेको देशले स्थानीय उत्पादनका खाद्य पदार्थहरुको उत्पादन र बजार व्यवस्थापनमा जोड दिएको हुनुपर्ने हो तर प्रगतिशील कम्युनिष्ट, प्रजातान्त्रिक भनिएका जुनसुकै सरकार आए पनि कसैले यसमा राम्ररी ध्यान दिएनन् । भगवानलाई चढाउने गरिएका फलफूलहरु विषालु छन्, खाने गरिएका प्रसादहरु खराब चिल्लो भएका र रेसादार विहीन आन्द्रामा टाँसिने खालका छन् । स्वास्थ्य नै धन हो । बिरामी नहुनु भनेको सार्थक, उत्पादनशील, सिर्जनशील, दक्ष जीवन जिउने आधार हो । तर, खाजा खानाहरु सबै नुन, चिनी, खराब चिल्लो भएका अजिनोमोथो जस्ता मस्तिष्क घातक नशा लाग्ने रोग संग लडने शक्ति कम गराउने सर्ने, नसर्ने कोरोना जस्ता सरुवा रोग वनाउने दीर्घ रोगहरु निम्त्याउने खालका खाइरहेका छौ, बजारमा उपलब्ध गराइरहेका छौ । खाना पचाउन, फाल्न, रोग प्रतिरोध शक्ति बढाई रोगब्याधी लाग्न कम गराउन सहयोग गर्ने, योग व्यायाम र ध्यानका कार्यक्रमहरुको न स्कुलमा पढाई हुन्छ, न सिकाई हुन्छ ? भएका छन् भने सतही रुपमा मात्रै भएका छन् ।
जनावरजन्य मासु, माछा दुध, अण्डामा भएको खराब, चिल्लो पदार्थ कम तापक्रममा खराब हुने औद्योगिक तेलजन्य तयारी खाना, खाजा मिठाई आदिमा बढी प्रयोग भईरहेको छ । पकाइसकेको खाना पनि घरिघरि तताएर खाने प्रवृत्तिले यस्तो खानाहरु शरीरका केही भाग अंगहरुले नसहने, आफ्नै शरीरका अंग भागहरु र आन्द्रामा भएका स्वास्थ्यदायक जिवाणुहरुको विरुद्ध खराब एन्टिवडीको काम गर्ने खालको हुन्छ । जसले गर्दा ग्यास्ट्राईटिस, आन्द्रामा दीर्घकालिन सुजन ल्याएर नपच्ने, खराब तत्वहरु शरीर भित्र प्रवेश पाएर आउटो इम्युन वा रोग प्रतिरोध शक्ति घटाउने काम गरि चिनी रोग, उच्च रक्तचाप, मुटु, कलेजो, मृगौला, थाईरायड रोग र अन्य धेरै रोगहरु पनि लाग्ने गराउँछ ।
पेट, आन्द्रामा यस्ता जनावरजन्य बाहिरी खाना बढी र सुरक्षित अवस्थामा नखाँदा नपच्ने मात्रै होइन, सड्ने भएर आन्द्राको झिल्ली नष्ट गर्ने गरेर लामो समय पछि पेटको क्यान्सर बनाउन पनि सक्छ । बढी खाने गर्दा तत्कालै अप्रेशन गर्नुपर्ने एपेन्डिसाइटिस, दीर्घ ग्यासटाइटिस, हुने सम्भावना हुन्छ । धेरै माछा माासु खाने, रक्सी संग रमाउँदै खाने व्यक्तिहरुमा यस्तो समस्या भएर तत्कालै अप्रेशन गर्न उपचारको लािग पोखरा काठमाण्डौ पठाउने गर्नु परेको छ । अझ यस्तो खानपानहरु संगै वा पछि विपरित खाना अमिलो, दुध, गेडागडी फलफूल, गुलियो मिठाईजन्य खाना, कफी चिया खाने ब्यक्तिहरुमा खाना विषाक्त भई तत्कालै अस्पताल धाउनु पर्ने गराउन सक्छ । यो भनाई र सिकाई आर्युवेदको हो पोषण विज्ञ भारतिय विख्यात चिकित्सक विश्वरुप राय चौधरीको ।
दुधमा पनि चाहिने भन्दा बढी चिल्लो पदार्थ र केही प्रोटिन हुन्छ । जुन बढी समय सम्म उमाल्दा अन्य गुलिया पदार्थहरु धेरै तताउँदा र त्यतिकै लामो समय सम्म राख्दा दुषित भए जस्तै घातक पदार्थ बनेर इन्सुलिनले काम नगर्ने खालको बन्छ । त्यसैले दुध नखान भनिएको हो । बढी तताउँदा अन्य पोषिलो तत्वहरु पनि नाश हुन्छ । दुधमा पाइने क्याल्सियम सून्तला अन्य फलफूल पाला, रायो र अन्य सागहरु, सलादमा पनि हुन्छ ।
शरीरको सबै कोषहरुले सजिलै स्वीकार्ने, पच्ने र टिस्यु अंगहरुलाई हानी नगर्ने सजिलै, शरीरको खाना पचाउने इन्जायम रसहरु सक्रिय राख्ने, खुसी पार्ने, हर्मोन रसहरु निकाल्न सहयोग गर्ने सवै भिटामिन र सबैजसो खनिज पदार्थ भएको खाना भनेको स्थानीय उत्पादका फलफूल, हरिया पहेला तरकारीहरु, काचै खान मिल्ने सलादहरु (रासायनिक पदार्थ नराखिएको वा राखे पनि तातोपानीले राम्ररी पखालिएको) टुसा उमारिएका भिजाएको गेडागुडीहरु, सुख्खा फलफूलहरु हुन् । तर, सुख्खा फलफूलहरु पनि कम्तिमा ५,६ घण्टा भिजाएको खानु राम्रो हुन्छ । यस्ता खानामा शरीरका सबै कोषहरुले सजिलै ग्रहण गर्ने गरि ठीक अनुपातमा हुन्छ, अम्लियपन बढी उत्पादन गर्ने नुन, गुलियो मसाला, टेष्ट मेकर खराब चिल्लो पदार्थ केही हँुदैन ।
यस्ता खानाहरुलाई समय मिलाएर ठीक मात्रामा खाने हो भने औषधीको रुपमा काम गर्छ । बिरामी भएकाहरुले पनि केही महिना, वर्ष पछि निको भएर राहत पाउने भएकाले औषधिय खाना भनिएको हो । रोग प्रतिरोध बढाउने, सजिलै पच्ने सबै तत्व भएका यस्ता खानाहरु तातोपानीमा केही समय भिजाएर पखाल्ने गरेर सफा, स्वस्थ, भरसक खाने गरौ । स्वस्थ रहने प्रयास गरौ । फलफूल, सलाद, तरकारीहरु तातोपानीमा केही समय राखेर वा चिसो नभए तातोपानीले पखालेर खाने गरौ ।
भवतु सब्व मंगलम ।
खाजा खाना फलफुल हो त्यो पनि रासायनिक पदार्थहरु राखेर विषालु वनाईएको छ । वाहिर वाट ल्याईएको हरिया केराहरु, आपँहरु लगायत स्याउहरु विषालु छन् । तरकारीहरु हेर्दा आर्कषक र धेरै वेर टिक्ने वनाउन रासायनिक पदार्थ राखिएको हुन्छ भन्ने सवैलाई थाहा भएको कुरा हो । खाने दुध धरि रासायिक पदार्थवाट तयार गरिएको हुन्छ, पानी वा पाउडर दुध मिसाइएकै हुन्छ । अन्न पनि रासायनिक मल राखेर उत्पादन गरिएको हुन्छ । खाने औद्योगिक उत्पादनका तेलहरुमा वढी खराव चिल्लो टन्सफ्याट छ त्यसैले शुरक्षित पोषिलो खानपानको लागि अव धेरै सर्तक सजग हुनु पर्ने अवस्था छ ।
शरिरमा विषजन्य गराउने, रोग प्रतिरोधक शक्ति कम गराएर रोग लगाउने खानाहरु