हरेक ४० सेकेण्डमा एक जनाद्धारा आत्महत्या

आत्महत्या बिश्वभर कति भयाबह बन्दै गइरहेको छ भन्ने पछिल्लो एक अध्ययनले देखाएको छ ।
अध्ययनका क्रममा संसारभर हरेक वर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।
प्रतिवेदनमा आत्महत्या गरेर ज्यान गुमाउनेको भन्दा धेरै बढी अन्य घटनाबाट ज्यान गुमाउनेको संख्या रहेको उल्लेख गरिएको छ । विषेशगरी युद्ध, हत्या, स्तन क्यान्सरलगायतका कारण नै मानिसको मृत्युका मुख्य कारण रहेको डब्लूएचओले सोमबार जनाएको छ ।
पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ । तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको छ । ‘प्रतिरोध बढ्दो क्रममा छ, डब्लूएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भन्नुभयो, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुने गरेको छ ।’
तर आत्महत्या दर कम भएका देशमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सबैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।
संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ वर्षको अवधिमा छ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको छ। रिपोर्ट अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *