नेकपा एकीकृत समाजवादी बागलुङ नगर संयोजकमा आचार्य

आदर्श अनलाइन, बागलुङ
नेकपा एकीकृत समाजवादी बागलुङ नगरपालिका नगर कमितिको संयोजकमा जीवन आचार्य चयन हुनुभएको छ । आचार्य बागलुङ नगरपालिका वडा नम्बर २ काे अध्यक्ष समेत हुनुहुन्छ । शनिबार सम्पन्न भेलले आचार्यको संयोजकत्वमा १४ सदस्य नगर समिति गठन गरेको हो ।

पदाधिकारीहरुपछि चयन गरिने पार्टीले जनाएकाे छ । अहिले सदस्यहरुमा चिरञ्जीवी शर्मा, प्रकाश बोसेल, सुनिश के.सी, प्रमेश थापा, सुमन बोहरा, सुमन के.सी, तुलसी थापा, दुर्गा थापा, महेन्द्र थापा, नविन थापा, राधा शर्म, मनिसा सापकोटा र निशा के.सी चयन हुनुभएको छ ।

भेलाले सुमन केसीको संयोजकत्वमा युवा संघ नगर समित समेत गठन गरेको छ । जसकाे उप-संयोजकमा सौरभ केसी, सदस्यहरुमा प्रकाश शर्मा, राजु पन्त, अशिम सापकोटा, सुमन एमी, मनेज सुनार, सुजन लामा, निरज थापा, करन के.सी, राधा शर्मा, रोशन आचार्य, उमेश आचार्य, राजु खाती र हरी कार्की चयन हुनुभएको छ ।

भेलाले सुमन बोहराको अध्यक्षतामा २४ सदस्य युवा संघ बागलुङ क्षेत्र नंम्बर १ समेत गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा केदार बोसेल, सचिवमा करन बोहरा, सहसचिवमा पवन वि.क, कोषाध्यक्षमा निशा केसी र रमन घमाल रहनुभएको छ । अन्य सदस्यहरू रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *