काठेखोलाको रेशमा वाककला तथा वित्तीय साक्षरता तालिम

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सञ्चालित दुई दिने वाककला तथा वित्तीय साक्षरता तालिम शनिवार सम्पन्न भएको छ ।

आदर्श सञ्चार सहकारी संस्था, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश र रेश साना किसान कृषि सहकारी संस्थाले संयुक्त रुपमा आयोजना गरेको तालिममा सार्वजनिक कार्यक्रममा बोल्ने कलाका साथै वित्तीय रुपमा व्यक्ति, परिवार र समाजले लिन सकिने लाभका बारेमा जानकारी गराइएको थियो ।

No description available.

दुई दिनसम्म चलेको तालिमको सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले सामान्य साक्षर मात्रले जीवन र परिवार चलाउन अहिलेको समयमा कठिन भएकाले वित्तीय रुपमा साक्षर हुन जरुरी रहेको बताउनुभयो । ‘आयआर्जन के के कसरी बढाउने भन्ने मात्रै होइन, प्राप्त आम्दानीको बचत, ऋणको यथोचित व्यवस्थापन र उपयोगमा पनि ध्यान दिन सके उत्पादन र आत्मनिर्भर बन्न असहज छैन,’ उहाँले भन्नुभयो, ‘अहिलेको समयमो जसले वित्तीय रुपमा साक्षर भएर त्यसको परिचालन र उपयोगमा ध्यान दिन्छ, उसले नै प्रगति गर्नेछ ।’

No description available.

तालिममा बोल्ने कलाका विषयमा सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित आदर्श सञ्चार अनलाइनका सम्पादक दिल शिरिषले बोल्ने बानीको प्रभावकारी विकासबाट मात्रै व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

No description available.

तालिममा काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका सहकारीमा आवद्ध ७० जना महिला र पुरुषको सहभागिता थियो । सहभागीहरुको तर्फबाट बोल्दै देवी कुँवरले तालिमका क्रममा धेरै कुराको जानकारी पाइएको र आगामी दिनमा यसलाई कार्यान्वयन गर्दै जाने प्रतिवद्धता जनाउनुभएको थियो ।

No description available.

कार्यक्रम रेश साना किसान सहकारी संस्थाका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षता र व्यवस्थापक उषा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *