विवाहको भोजमा गएका व्यक्ति मृत फेला

आदर्श अनलाइन, स्याङ्जा
गाँउमा विवाहको भोजमा गएर घर फर्की नआएका एक व्यक्ति स्याङ्जामा मृत फेला परेका छन् ।

स्याङजाकाे पुतलीबजार नगरपालिका-३ कमरेमाटा बस्ने ५६ वर्षीय टिकाराम नेपाली शुक्रबार गाँउमा विवाहको भोजमा गई घर फर्की नआएकोमा खोजतलास गर्दै जाने क्रममा मृत फेला परेका हुन् ।

शनिबार बिहान ८ बजेको समयमा पुतलीबजारकाे काफलडाँडा गोरेटो बाटोदेखि अन्दाजी १०० मिटर तल उनी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

घटनास्थलमा खटिएकाे प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान
गरिरहेकाे जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *