चाडपर्वलाई मध्यनजर गर्दै ट्याक्सीको अस्थायी भाडादर कायम

–आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ जिल्लाबाट लागु हुँनेगरी ट्याक्सीको अस्थायी भाडादर लागु गरेको छ । चाडपर्वको समयमा भाडादरमा हुन सक्ने मनोमानीका यात्रुमा पर्न सक्नु असुविधाका कारण जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गर्दै न्यूनतम भाडादर कायम गरिएको छ ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलका अनुसार सरकारले भाडादर कायम नगर्दा सम्मका लागि चाडवाडको समयमा ट्याक्सीले मनोमानी ढंगले भाडा असुल गर्न सक्ने भन्दै अस्थायी भाडादर कायम गरेको बताउनुभयो ।

अस्थायी भाडादर कायम गरेपछि ट्याक्सी व्यवसायीले बागलुङ देखि पोखरा प्रतिव्यक्ति ७५० कायम गरिएको छ । रिजर्भमा बागलुङ देखि पोखरा पुगेको दुई हजार ७०० कायम भएको छ ।

यस्तै बागलुङदेखि मालढुङ्गा प्रति व्यक्ति रु. ५०, बागलुङ कुस्मा प्रति व्यक्ति १७५, बागलुङ नयाँपुल प्रति व्यक्ति रु. ३७५, बागलुङ बेनी प्रति व्यक्ति २५०, बागलुङ बजार देखि कुडुले रु. ५०, बागलुङ रत्नेचौर रु. १००, बागलुङ रत्नेचौर बेनी रु.२००, बागलुङ बजार देखि पञ्चकोट १५०, बजार देखि कालिमाटि सम्म रु.२००, मुलपानी सम्म १२५, घोडाबाँधे सम्म रु. ५००, गलकोट सम्म रु. ७५०, खर्वाङ सम्म रु. एक हजार र बुर्तिवाङ सम्म एक हजार १५० कायम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

हिन्दुहरुको महान पर्व वडा दशै तथा तिहार लगायतका पर्वहरुको अवसरमा यात्रुको चाप बढी हुँने भएपछि भाडादरमा मनोमानी हुनसक्ने भन्दै अस्थायी भाडादर कायम गरिएको छ ।

सरोकारवाला निकाय, ट्याक्सी व्यवसायी तथा स्थानीय पालिकाको समन्वयमा कायम गरिएको भाडादर जिल्ला प्रशासन कार्यालय अन्र्तगतको भाडादर निर्धारण समितिले उक्त अस्थायी भाडादार सोमबारदेखि लागु हुँने गरी कायम गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *