तीन महिना पछि खुल्यो दक्षिण जोड्ने बागलुङ-कुश्मिसेरा सडक

आदर्श अनलाइन, बागलुङ

जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मिसेरा सडक लामो समय पछि सूचारु भएको छ ।

बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्ड सहित कालिगण्डकी करिडोर समेत अवरुद्ध बनेको थियो ।

सडक सूचारु गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिना यता सास्ती खेप्नु परेको थियो । सडक खुले सँगै दशैमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाब पछि दुई साता मर्मत सुरु गरिएको पनि वर्षा भएका कारण सडक पहिरोले बगाए पछि सडक सुचारु गर्न केही ढिलाई भएको मालढुंगा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।

सरोकारवाला निकायले पटक(पटक निरीक्षण गरे पनि भौगोलिक अवस्थाका कारण सडक सुचारु गर्न कठिनाई भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदान सहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडी बढाईएको थियो ।

उपभोक्ता समिति मार्फत सडक मर्मत गरी तत्कालका लागि एकतर्फ रुपमा भए पनि गाडी संचालनमा ल्याईएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सरोकारवाला निकायले अनुगमन गर्दा लागत इस्टिमेट धेरै भए पनि अहिले तत्कालै जनताले पाएको दुखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद व्यवस्थापनबाट केही रकम छुट्याएर काम अगाडि बढाईएको बागलुङ नगरपालिका– १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्क विहीन बनेपछि सहज होस भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक १६ लाख ६० हजार रुपैयाँ उक्त सडकलाई छुट्याएको उपभोक्ता समितिको सचिव ज्ञानेन्द्र ढकाललले जानकारी दिनुभयो । सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।

एक ठाउँमा गएको पहिरोका कारण उक्त सडक सहित कालिण्डकी करिडोर पनि विग्रिदा अहिले कालिगण्डी किनारबाट भाटेखोला हुँदै बैकल्पिक मार्ग संचालनमा ल्याईएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *