तित्याङ माविको अध्यक्षमा क्षेत्री

आदर्श अनलाइन, बागलुङ
तित्याङ माध्यामिक विद्यालयमा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । मन बहादुर थापा क्षत्रीको अध्यक्षतामा समिति गठन भएको हो । समितिमा महिला सदस्य मिमुमाया थापा क्षेत्री, महिला सदस्य पवित्रा परियार, सदस्इ बोल बहादुर थापा, मनोनित ( वडा अध्यक्ष ) गणेश बहादुर थापा मगर, सदस्य सचिव प्रअ कुमार प्रसाद पौडेल, सदस्य, डालेन्द्रध्वज थापा क्षत्री, सदस्य (समाज सेवी बाट) किरण थापा, सदस्य शिक्षक प्रतिनिधी बाट टिका थापा को समिति पुर्नगठन गरिएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष गणेश बहादुर थापा मगरले विद्यालयमा भौतिक संरचनाको कार्यहरु पुर भईसकेको भन्दै अबको दिनमा विद्यालयमा शैक्षिक गुणस्तर सुधार हुनुपर्ने बताउनु भयो ।

उहाँले शिक्षामा गुणस्तर सुधारको लागि शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समिति विच समन्वायात्मक भूमिका हुनुपर्न बताउनु भयो । थापाले अभिभावकले आफ्नो बालबच्चाले विद्यालय परिसरमा आईसके पछि गर्ने गतिविधी र उनीहरुले कस्तो शिक्षा पाएका छन् भनेर चासो राख्नुपर्न बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष रुद्र बहादुर केसी, नेपाली कंग्रेस वडा समापति राजु थापा, समाज सेवी बद्री प्रसाद पौडेल, वडा नम्वर ९ का वडा सदस्य गंगा केसी, शिक्षक डण्डपाणी शर्मा र पूर्व गाविस अध्यक्ष प्रेम केसीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर केसीको अध्यक्षता, शिक्षक टिका थापमाको स्वागत मन्तव्य र विद्यालयका प्रअ कुमार प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *