‘हामी ड्युटीमै हुनेछौ, तपाईहरु दसैं मनाउनुस्, लापरवाही नगर्नुस्’

नेपालीहरुको महान पर्व बडा दसैँ सम्मुखमा छ । देश विदेशमा रहेका नेपाली नागरिक दसैं मनाउन आफ्नो पुख्यौली थातथलोमा फर्किइरहेका छन् । कति घर गाउँ पुगेर पनि दसैंको रौनकतामा रमाउन थालिसकेका छन् भने कति यात्रामा छन् । तर, सबै दसैंमा रमाउदै गर्दा सरकारी निकाय –जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुरक्षा निकाय)का प्रमुखहरुलाई भने यसबेला पनि चोरी, लुटपाट, बेथिति,मनपरीमा के कसरी निगरानी गर्ने चिन्ता हुन्छ । त्यसैले दसंैका बेला झट्ट विदा मिल्दैन । हामीले बागलुङका सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरुलाई यसपटकको दसैं के कसरी मनाउदै हुनुहुन्छ ? आदर्शकर्मीकर्मी साधना पन्तले गरेको कुराकानीको सम्पादित अंशः

शिव कुमार कार्की
प्रमुख जिल्ला अधिकारी, बागलुङ
हरेक वर्ष झै यो वर्ष पनि नेपालीहरुको महान पर्व बडा दसैं नेपालीको घर आँगनमा आइसकेको छ । नपालीहरुले हरेक वर्ष दसैं धुमधामका साथ मनाउदै आइरहनु भएको छ । यो वर्ष पनि सम्पूर्ण नेपाली जनतालाई बडा दसैंको हार्दिक मंगलमय शुभकामना दिन चाहान्छु ।

अहिले बागलुङका धेरैजसो कार्यालयका कर्मचारीहरु दसैं मनाउनका लागि आफ्नो आफ्नो घर जाने तयारीमा हुनुहुन्छ भने कोही गइसक्नु भएको छ । दसैमा सम्पूर्ण मानिसहरु आ आफ्नो घर जाने भएकाले हामीहरु जिल्लाको थप सुरक्षाको तयारी र व्यवस्थापनमा जुटेका छौ । बडा दसैं भनेता पनि प्रशासनका कामहरु भने बन्द हुदैनन् । अति आवश्यक सेवा हामीहरुले दिने नै छौ । हामी राष्ट्रसेवक हौ । देशको सेवामा लागेका मानिसहरुले दसंैमा घर जानै पर्दछ भन्ने हुँदैन । हामी जहाँ जुन अवस्थामा छौ त्यही ठाउँमा दसैै मनाउने योजना गरेका छौ । दसैैको समयमा जिल्लामा विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । ती कार्यक्रममा सहभागी हुने, अन्य सबै खालका गतिबिधिमा सहभागी हुने छौ । दसैको दिनमा जिल्लाको सुरक्षाका लागि खटिनु भएका जवानहरु संग र आफ्नो परिवारसंग क्वाटरमै दसैं मनाउने योजना बनाएको छु ।

अहिले कोरोना महामारी छ । हामी नेपालीलाई जति स्वास्थ्य सुरक्षाका साथ दसैै मनाउनु भन्दा पनि लापरबाही गरेको पाइन्छ । कोरोना महामारीलाई साधारण रुपमा नलिकन सामाजिक दुरी कायम गर्दै दसैं मनाउन सम्पूर्ण बागलुङबासी आमा, बुबा, दाजुभाई, दिदीबहिनीहरुमा अनुरोध गर्दछु । दसैंमा धेरै तडकभडक गर्ने चलन छ । त्यो गर्नु गलत हो । साधारण तरिकाले आफू भन्दा ठूलाको हातबाट टीका जमरा र आर्शिवाद लिएर दसैं मनाउनु राम्रो हुनेछ ।

कृष्ण बहादुर पल्ली मगर
प्रहरी उपरीक्षक
जिल्ला प्रहरी कार्यालय बागलुङ
नेपालीहरुको महान पर्व बडा दसैं नजिकिदै गर्दा जिल्लाको सुरक्षामा थप कडाई गरिएको छ । अन्य समयमा जस्तो चाडबाडमा नहुने भएका कारणले चाडपर्वमा थप सुरक्षाको अवश्य रहन्छ । सोही अनुसार सुरक्षालाई विशेष ध्यान दिएका छौ । हरेक वर्ष झै धेरै प्रहरी जवनाहरु हामीहरु दसैंको दिनमा पनि ड्युटीमै खटिनु हुन्छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति र घरपरिवारलाई पनि यही बोलाएर यस वर्ष पनि कार्यालयमै दसै मनाउने छौ । हामी राष्ट्रसेवक हौ ।
देशको सेवाको लागि दिनरात तयार छौ । हामीहरुले दशैमा घर जान पाइएन, टीका लगाउन पाइएन भन्ने गुनासो कहिल्यै गर्दैनौ । सम्पूर्ण नेपाली जनताहरु ढुक्क भएर आफ्नो परिवारसंग घर भित्रै बसेर रमाईलो गर्दै दसैं मनाउनुहोस्, हामी तपाईहरुको सुरक्षाका लागि खटिरहन्छौ ।

तर, अहिले जिल्लामा कोरोना महामारी पनि बढ्ने क्रम देखिएको छ । त्यसकारणले सम्पूर्ण जिल्लाबासी आमा बुबा, दाजुभाई दिदीबहिनीहरुले स्वास्थ्य सुरक्षा अपनाएर धेरै भड्किलो तवरले दसैं नमनाई दिनुहुन अनुरोध गर्दछु । वर्षको एक पटक दसै आउँछ भनेर मादक पदार्थ सेवन गर्ने, होहल्ला गर्न, झैझगडा गर्न, जुवा तास खेल्ने गरेको पाइन्छ । यस्ता खालका गतिविधि नगर्न र कहिकतै गरेको पाइएमा प्रहरी कार्यलयमा सूचना दिनका लागि पनि सम्पूर्ण बागलुङबासीलाई अनुरोध गर्दछु । र बडा दसंैको सबै नेपालीहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु ।

राजेन्द्र ढुङ्गाना
प्रमुख
जिल्ला समन्वय समिति, बागलुङ
अहिले दसैं, तिहार नजिकए संगै बजारमा चहल पहल बढेको छ । चहल पहलले गर्दा कोरोनाको जोखिम बढेको हामीले अनुमान लगाउन सक्दछौ । विदेश र सहरबाट सबै मानिसहरु गाउँमा फर्किएको अवस्था छ । यस्तो अवस्थामा विशेष गरी स्वास्थ्य सुरक्षामा ध्यान दिएर दसैं मनाउनु पर्दछ । हरेक वर्ष झै यो वर्ष पनि म आमा बुबाको आर्शिवाद लिनका लागि घरमै गएर परिवारसंग दशै मनाउने योजना बनाएको छु । सवै कर्मचारीहरु दसै मनाउनका लागि आफ्नो घर गई सक्नुभएको छ । म पनि भोलि जानेछु घर र ३० गतेदेखि पुनः कार्यलयबाट सेवा दिइनेछ ।

धेरैजसो दसै मानिसहरुले धेरै भड्किलो तरिकाले मनाउने गरेको पाइन्छ । सामान्य तरिकाले दसैं मनाउने, परिवारसंग रमाइलो गर्ने, गाउँ घरमा सवै आफन्तहरु संग दशै मनाउन आउनु भएको हुन्छ उनीहरु संग भेट गर्ने, लिङ्गे पिङ खेल्ने, घरमा भएको मिठो मसिनो पकाएर खाने गर्नु पर्दछ । दसैं आयो भनेर ऋण धन गरेर भड्किलो तरिकाले दसै मनाउनु हँुदैन । पैसा भएका मानिसहरुले पनि धेरै भड्किलो गर्नुपर्ने आवश्यक हुँदैन । आफु भन्दा ठूला बडाको हातबाट टीका लगाउने आर्शिवाद लिने गर्नु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *