साफ उपविजेता टोलीलाई कुस्मा नगरपालिकाको २ लाख पुरस्कार

आदर्श अनलाइन, पर्वत

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई पर्वतको कुस्मा नगरपालिकाले २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

शुक्रबार राती सम्पन्न फाइनलमा भारतसँग ३–० गोलअन्तरले पराजित भएपछि नेपाली टोली इतिहास रच्दै उपाधि चुम्ने ऐतिहासिक अवसरबाट चुकेको थियो । तर नेपाल पहिलोपल्ट साफ च्यामिपयनसिपको फाइनलमा पुगेको हो ।

कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पहिलो पल्ट फाइनलमा पुगेको नेपाली टोलीलाई थप हौसला र प्रोत्साहनका लागि पुरस्कारको घोषणा गरेको जानकारी दिनुभयो ।

नेपाली टोली आज शनिवार स्वदेश फर्किएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *