सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई भूकम्प

आदर्श अनलाइन, काठमाडौँ
सिन्धुपाल्चोकमा सोमबार १० मिनेटको अन्तरालमा दुई पटक भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो ।

यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *