बस पल्टिदा ४२ जना घाइते

आदर्श अनलाइन, नवलपुर
नवलपुरमा बस दुर्घटना हुँदा वसमा सवार ४२ जना घाईते भएका छन् । घाईतेमध्ये १६ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने मध्यविन्दु जिल्ला अस्पतालमा २१ जना उपचाररत छन् । ५ जनाको दुम्किवासस्थित स्थानीय पोलिक्लिनकमा उपचाररत छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी दिलीपकुमार गिरीका अनुसार थप उपचारका लागि भरतपुर रिफर भएका सवैको अवस्था गम्भीर नभएपनि केही गम्भीर घाईते छन् ।

मध्यविन्दु जिल्ला अस्पताल र दुम्किवासमा उपचार गराईराखेका घाईतेहरु भने खतरामुक्त रहेको जनाईएको छ । त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस पूर्वपश्चिम मुख्यमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिकाको वडा नं. १० स्थित अरुणखोला र दुम्किवासबीच पर्ने जंगल क्षेत्रमा सोमवार बिहान दुर्घटनामा परेको हो । अधिकांश यात्रु दशैं मनाएर काठमाण्डौ फर्कदै गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *