बेमौसमी बर्षातले धान बाली भित्राउने तयारी गरेका कृषक चिन्तित

आदर्श अनलाइन, पर्वत
पर्वत जिल्ला सहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ । शनिबार रातिदेखि नै मौसममा बदली आएको थियो । मौसममा बदली भएपछि पर्वत जिल्लाका किसानले पाकेको धान काट्न पाएका छैनन् । केही किसानले धान काटे पनि पानीले भिजाएको छ ।

बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

धानबाली भित्राउने समय भएको बेलामा बर्षात हुँदा सयौ हेक्टर जग्गाको धानबालीमा क्षति पुग्नसक्ने कृषि ज्ञान केन्द्र पर्वतले अनुमान गरेको छ । बेमौसमी बर्षातका कारण कृषकहरु धान बाली थन्काउने बेलामा समस्यामा परेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *