आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । शेयर सदस्यहरु हरि प्रसाद आचार्य तथा प्रकाश आचार्यका पिता पुरनचन्द्र उपाध्यायको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर निवासी उपाध्यायको निधन भएको १२ औं दिनको पुण्यतिथि पारेर घरमै पुगेर सोमबार श्रद्धाञ्जली सभा सहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक कमल लामिछाने तथा प्रबन्धक दिपकराज सापकोटाले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप १० हजार रुपैयाँ स्वर्गीय उपाध्यायको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ । धौलागिरी क्षेत्रमा सञ्चारको संस्थागत विकास गर्ने लक्ष्यका साथ स्थापित यो क्षेत्रको पहिलो सूचना तथा सञ्चार सहकारी संस्था आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार डटकम अनलाइन सञ्चालन गर्नुका साथै वित्तीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार ९ सय जना शेयर सदस्य, ५ करोड ५० लाख शेयर पूँजि, ३३ करोड बचत, ३६ करोड कर्जा लगानी र ४५ करोडको कुल सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *