रेशमा एमालेको वडा भेला

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको देशव्यावी संगठन विस्तार अभियान अन्तरगत मंगलवार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा वडा भेला सम्पन्न भएको छ ।

भेलाले कात्तिक ६ गते देशभर एकैपटक हुन गैरहेको नेकपा एमालेको वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारी गरेको छ । भेलामा पार्टीका सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण गर्नुका साथै अधिवेशनमा बढी भन्दा बढी सहभागिता गराउने, पार्टीका जेष्ठ सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, महिला, युवा, विद्यार्थी लगायतलाई व्यापक परिचालन गर्ने निर्णय भएको छ ।

वडा अधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सबै तयारी गर्न पार्टी वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारीहरु लगायतलाई भेलाले जिम्मेवारी दिएको छ ।

भेलामा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम लामिछाने, जिल्ला सचिवालय सदस्य हरि बहादुर कुँवर, जिल्ला सदस्य तथा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य शारदा थापा, एमालेका बागलुङका पूर्व सदस्य भीम बहादुर थापा, रेश नुन्थला माविका पूर्व प्रधानाध्यापक ओमप्रसाद थापा, अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य रोशन कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाका सचिव डिल बहादुर कार्की, युवा संघ काठेखोलाका डिल बहादुर कार्की, स्थानीय अगुवा नेताहरु प्रेम बहादुर कार्की, कुलप्रसाद गौतम, याम बहादुर कार्की, विरेन्द्र लामिछाने लगायतले पार्टीको केन्द्रीय निर्देशन अनुसार कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गर्नका लागि सबै नेता कार्यकर्तालाई सक्रिय भएर लाग्न आव्हान गर्नु भएको थियो ।

आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनमा एमालेलाईं पहिलो पार्टीका रुपमा स्थापित गर्न एमालेले जनताका लागि गरेका कामहरुका बारेमा आम समदुयालाई जानकारी गराउदै पार्टीको सिंगो पक्तिलाई परिचालन गर्न कार्यकर्ताहरु उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनु पर्नेमा उहाँहरुको जोड थियो ।

भेलाका क्रममा नेपाली कांग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उमेदवार तथा कांग्रेसका क्रियाशिल सदस्य सीता नेपाली र क्रियाशिल सदस्य बाबुराम जिसी नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । एमालेमा प्रवेश गरेका दुवै जनालाई पार्टी जिल्ला तथा वडाका नेताहरुले स्वागत गर्नु भएको थियो ।

यस्तै प्रवासमा रहेर नेकपा एमालेको संस्थागत विकाससंगै रेशमा पार्टी काममा निरन्तर सहयोग र सहकार्य गर्दै आएका पोर्चुगल निवासी पञ्च बहादुर गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

भेलाको अध्यक्षता नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कमिटिका अध्यक्ष तोप बहादुर कार्की, स्वागत भक्त बहादुर कुँवर र सञ्चालन पार्टी सचिव भूमिराज गौतमले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *