पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु

आदर्श अनलाइन, डोटी

डोटीको जोरायल गाउँपालिका–४ सयगडामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी पबित्रा विक रहेका छन् । सोही घरमा मामाघर आएका १६ वर्षीय रविन विकको पनि मृत्यु भएको थियो ।

यस्तै जोरायलकै वडा नम्बर ४ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्र्कीसहित उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्र्कीको पनि उपचारका क्रममा मंगलबार राती मृत्यु भएको छ । यस्तै शिखर नगरपालिका-११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ ।

सोमबार राती जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जना बिरबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको इलाका प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै सायल गाउँपालिका– ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको छ ।

त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन । उनी घरदेखि १०० मिटर तल फेला परेको बताइएको छ । यसैगरी पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका-५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली पनि मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *