राष्ट्रिय जनमोर्चाको तंग्राममा शुभकामना तथा पुर्नमिलन

आदर्श अनलाइन,काठेखोला

राष्ट्रिय जनमोर्चा तंग्राम बागलुङले बुधवार बडादसैं, तिहार र छठको अवसरमा शुभकामना आदान प्रदान तथा पुर्नमिलन कार्यक्रम गरेको छ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद पियारी थापाले चाडपर्वलाई शुभकामना आदान प्रदान गर्ने मात्र नभई सीप, क्षमता, दक्षता र अनुभव साटासाट गर्ने अवसरको रुपमा लिनु पर्ने बताउनु भयो । चाडपर्वको नाममा अनावश्यक भड्किलो रुपले खर्च गर्ने हाम्रो सामाजिक परम्परालाई परिवर्तन गर्दै भावनात्मक रुपले जोडिएका हाम्रा पर्वहरुलाई अवसरको रुपमा उपयोग गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद पियारी थापा

कार्यक्रममा बिशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले राष्ट्र, राष्ट्रिय अखण्डता र जनजीविकाको लागि निरन्तर संघर्षरत पार्टी भएकाले राष्ट्रहित बिपरितको सम्झौता र नेपाली जनताले थेग्न नसक्ने संघीयता खारेजीका लागि निरन्तर लाग्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा

कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार तिलक थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्षमण पुन, रक्तिम साँस्कृतिक परिवार केन्द्रीय सचिव हेमराज पुन, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, जातीय समता समता समाज बागलुङका सचिव टिका संगम विक, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल शिक्षक संघ काठेखोलाका अध्यक्ष धन प्रशाद पुन, अखिल नेपाल युवक संघ तंग्रामका अध्यक्ष लक्ष्मण थापा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम वडा समिति तंग्रामका अध्यक्ष बिष्णु कडेलको अध्यक्षता, कृष्ण विकको सञ्चालन र वडा समितिका उपाध्यक्ष थिर बहादुर रानाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *