एमाले बानपा–२ को अध्यक्षमा गौतम चयन

आदर्श अनलाइन, बागलुङ

शनिबारदेखि देशैभर नेकपा एमालेको वडा अधिवेशन सुरु भएको छ । त्यसै सन्दर्भमा बागलुङका ८५ वटै वडामा एमालेले वडा अधिवेशन सुरु गरेको छ ।

जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर २ मा सर्वसम्मत रुप नेतृत्व चयन भएको छ । यस वडामा तोयानाथ गौतमको नेतृत्वमा कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । जसको उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा तेज बहादुर थापा, उपसचिवमा अन्जन थापा र विष्णु विक चयन भएका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

शनिबार जिल्लाको सबै वडामा अधिवेशन सुरु भएको नेकपा एमाले बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *