घरकाे ताला फोडेर नगद र गहना चाेरी गर्ने युवक पक्राउ

आदर्श अनलाइन, पाेखरा
पाेखरामा घरकाे ताला फोडेर नगद माेबाइल र गहना चाेरी गर्ने एक युवक पक्राउ परेका छन् ।

नुवाकोटकाे बिदुर नगरपालिका ३ बट्टार स्थायी घर भई  कास्कीकाे पोखरा १० बुद्दचोक बस्ने २० वर्षीय बिशाल तामाङ चोरीको सामानसहित पक्राउ परेको  प्रहरीले जनाएको छ ।

उनले बुधबार राति पाैनै ११ बजेकाे समयमा पोखरा १० बुद्दचोक स्थित बृटिश एकिकृत वेल्फेयर सेन्टर आर.एच.कास्कीमा ताला फोडेर कोठा भित्र प्रवेश गरी चाेरी गरेका थिए।  उक्त स्थानबाट नगद रु १८ हजारसहित सामसुङ मोवाईल १ थान  र चाँदीका सिक्री २ थान चोरी भएको थियाे ।

चोरीमा संलग्न तामाङलाई चोरी गरिएको सामान सहित नियन्त्रणमा लिई कानुनी कारवाही अगाडि बढाइएकाे वडा प्रहरी कार्यालय रामबजार पाेखराले जानकारी दिएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *