नेपाल विद्यालय कर्मचारी परिषद् काठेखोला गाउँपालिकाको अधिवेशन


–आदर्श अनलाइन, बागलुङ

नेपाल विद्यालय कर्मचारी परिषद् काठेखोला गाउँपालिकाको स्थानीय अधिवेशन सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको वार्ड नम्बर छ स्थित अमर माध्यमिक विद्यालयमा सम्पन्न अधिवेशनले मीन वहादुर थापाको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरेको छ ।

लामो समयसम्म न्युन पारिश्रमिकमा कार्यरत विद्यालय कर्मचारीहरुको छाता संगठन नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमितिको मिति २०७८÷०६÷१९ गतेको निर्णय अनुसार स्थानीय तहको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट मीन वहादुर थापाको अध्यक्षतामा १३ सदस्यी स्थानीय कार्यसमिति समेत सर्वसम्मतरुपमा चयन गरिएको छ । सो समितिको उपाध्यक्ष दय विन्दु थापा (नारायणी मावि), विनु भण्डारी केसि(जनकल्याण मावि) सचिवमा चन्द्र बहादुर पुन(लेखानी मावि), सहसचिवमा जमुना कुमारी थापा (धिमिकरिना मावि) कोषाध्यक्षमा सुरज थापा(पशुपति प्रावि) रहनुभएको छ ।

यस्तै सदस्यहरुमा टुल्कीदेवी कँडेल( करलिम आवि) तेजन्द्र बहादुर थापा ( जनकल्याण आवि) कमला कँडेल ( अमर मावि) मञ्जु क्षेत्री (सरस्वती प्रावि), इन्द्रकलि कँडेल (भिमसेन मावि) ढुङ्डिराज कँडेल (अमर प्रावि) निर्वाचित हुनुभएको छ ।

सोहि कार्यक्रमवाट जिल्ला प्रतिनिधिमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १४ जना सदस्य सिफारिस गरिएको छ ।

कार्यक्रममा विद्यालय कर्मचारी परिषद् वागलुङका अध्यक्ष एवम् केन्द्रीय सदस्य दामोदर शर्मा पौडेलले वर्तमान अवस्थामा कर्मचारीको सेवा सुविधा के कस्तो हुनुपर्ने र कर्मचारीको कर्तव्य माथ प्रकाश पार्दै वर्तमान संघिय सरकारले विद्यालय कर्मचारीको पेशागत स्थायीत्व स्थापित गर्नुपर्नेमा सौतानी व्यवहार गरेको र स्थानीय तहले पनि सोहि व्यवहार दोहोर्याएको वताउनुभयो ।

त्यसैगरी काठेखोला गाउँपालिका शिक्षा समिति सदस्य एवम् अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक भीष्म कँडेलले विद्यालय कर्मचारीको पेशागत स्थायित्व कायम गर्न संघिय सरकार र स्थानीय सरकार दुवैले आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने वताउनुभएको थियोे ।

नेपाल विद्यालय कर्मचारी परिषद् वागलुङको अध्यक्ष दामोदर शर्मा पौडेलको प्रमुख आतिथ्यता, नर प्रसाद पुन ( जेष्ठ सदस्य ) को सभापतित्व र चन्द्र वहादुर पुनको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *