ढोरपाटनमा खोलाले बगाउँदा बालक बेपत्ता,जैमिनीमा मृत फेला

आदर्श अनलाइन,बागलुङ

जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका-७ बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।

सार्वजनिक विदा शनिबारका दिन भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन-७ धाराबोटका जीवन विक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

विक साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेको प्रत्यक्षदर्शीले बताएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो साथीहरु सँग खेल्दा खेल्दै खोलामा पुगेका थिए।

वेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको छ। नजिकै रहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ।

यस्तै, जैमिनी नगरपालिकाको वडा नम्बर २ ठेउलेखोलामा पनि एक जनाको मृत अवस्थामा शव फेला परेको छ । ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *