युवा र महिलालाई राजनीतिसंगै स्वरोजगारीमा जोडौँ : जिसी

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका सदस्य राम बहादुर जिसीले राजनीतिक दलहरुले युवा र महिलाहरुलाई राजनीतिको मुलधारसंगै आर्थिक विकासका लागि स्वरोजगारतर्फ अग्रसर गराउनु पर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ७ रेशको प्रथम अधिवेशनको शनिवार उद्घाटन पछि बोल्दै जिसीले मुलुक परिवर्तनको मुल नीति राजनीतिसंगै युवा र महिलाहरुलाई आर्थिक रुपमा अग्रसर गराउनका लागि स्वरोजगारमुलक अभियानसंग जोड्नु पर्नेमा बताउनुभयो ।

आफ्नो गाउँ ठाउँ बनाउने जिम्मेवारी स्थानीय वासीकै हातमा हुने भएकाले स्थानीय स्रोत र साधनको अधिकतम परिचालनको योजना बनाएर गाउँमा बस्ने युवाहरुलाई रोजगारी र सिर्जनशिलतातर्फ तथा महिलाहरुलाई सीप र आत्मनिर्भरमातर्फ तर्फ अग्रसर बनाउन उहाँको जोड थियो ।

नेपालमा लोककल्याणकारी राज्य निर्माणको अभियान २०५१ सालदेखि नेकपा एमालेले सञ्चालन गरेको चर्चा गर्दै उहाँले आफ्नो गाउँ आफै बनाऔ लगायतका महत्वपूर्ण कार्यक्रमका कारण आज पनि जनताका बीचमा एमालेको लोकप्रियता अग्रस्थानमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य तथा काठेखोला गाउँपालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, जिल्ला सचिवालय सदस्य तथा रेशका वडा अध्यक्ष प्रेम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य सदस्य हरिबहादुर कुँवर, जिल्ला सदस्य तथा काठेखोला गाउँ कार्यकालिका सदस्य शारदा थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ नगरसचिव थानेन्द्रप्रसाद गौतम, अधिवेशनमा अखिल नेपाल महिला संघ रेशका अध्यक्ष कविता थापा (सिता) लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नेकपा एमाले रेश वडा कमिटिका अध्यक्ष तोप बहादुर कार्की (कृष्ण) को अध्यक्षता, उपाध्यक्ष भक्त बहादुर कुँवरको स्वागत र सचिव भूमिराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले भूमिराज शर्माको अध्यक्षतामा ३१ सदस्यीय नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ७ रेश वडा कमिटि सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रामचन्द्र गौतम, उपसचिव महेन्द्र कार्की र उजेली शर्मालाई चयन गरेको छ । समितिका सदस्यहरुमा मेख बहादुर जिसी (नारायण), याम बहादुर कार्की, जीवन थापा, नर बहादुर मल्ल, डम्बर बहादुर थापा, भोज बहादुर कार्की, लोक बहादुर थापा, होम बहादुर घर्ति (सुवास), महेन्द्र गौतम, उमराज कार्की, बीर बहादुर कार्की, होम बहादुर थापा, राम बहादुर जिसी, तिल बहादुर कँवुर, प्रेम बहादुर थापा, भूमिश्वर थापा रहनु भएको छ ।

यस्तै सदस्यहरुमा बसन्ती कुँवर, सीता नेपाली, बसन्ती सुनार, जमुना कार्की, सरिता कार्की, लक्ष्मी जिसी, चेली थापा, कविता थापा (सिता), कौशिला थापा, रक्षा पाण्डे रहनु भएको छ । अधिवेशनबाट विभिन्न जनसंगठन र अन्य जिम्मेवारी समेत प्रदान गरिएको छ ।

अधिवेशनले बुद्धि बहादुर कार्कीको संयोजकत्वमा राष्ट्रिय युवा संघ नेपाल, कविता थापा (सिता) को संयोजकत्वमा अखिल नेपाल महिला संघ, सुजन परियारको संयोजकत्वमा संयुक्त दलित सञ्जाल, कुलप्रसाद उपाध्यायको संयोजकत्वमा मजदुर संगठन, याम बहादुर कार्कीको संयोजकत्वमा अखिल नेपाल किशान संघ, सपना कुँवरको संयोजकत्वमा अनेरास्ववियू, ओमप्रसाद शर्माको संयोजकत्वमा बुद्धिजिवी संगठन, भूमिश्वर थापाको सयोजकत्वमा जनजाती महासंघ, कविराज थापाको संयोजकत्वमा सल्लाहकार समिति, बलराम गौतमको संयोजकत्वमा संघ संस्था समिति गठन गरिएको छ ।

नेकपा एमालेको जनाधार बलियो भएको रेशमा आगामी दिनमा थप शसक्त बनाउने गरी अभियान सञ्चालन गरिने नवनिर्वाचित अध्यक्ष भूमिराज शर्माले बताउनुभयो । कात्तिक ९ गते हुने नेकपा एमाले काठेखोला गाउँपालिकाको अधिवेशनका लागि रेशबाट ७३ जना प्रतिनिधि छनोट गरिएको समेत शर्माले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *