स्लो बाईक रेसमा सागर र मञ्जु विजयी

आदर्श अनलाईन, बागलुङ
बागलुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन स्वर्गीय सत्यदेवी स्मृति स्लो बाईक रेस प्रसतयोगिता सम्पन्न भएको छ । स्लो बाईक रेसमा पुरुष तर्फबाट सागर जिसी र महिला तर्फ मञ्जु सुनार विजयी हुनु भएको छ । जिसीले १ मिनेट ४१ सेकेन्ड र सुनारले ३१ सेकेन्डसम्म बाईक चलाउनु भएको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले पछिल्लो समयमा युवाहरुले तीव्र गतीमा सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै बागलुङ जेसीजले स्लो बाइक रेस राखेर सवारी चलाउदा बिस्तारै चलाउनु पर्ने सन्देश दिएको बताउनुभयो ।

कार्यक्रममा स्वर्गीय सत्यदेवी स्मृति कोषका संरक्षक सैलेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्लो बाईक रेसमा ६० जनाको सहभागिता रहेको बागलुङ जेसीजका सचिव प्रकाश आचर्यले जनाकारी दिनुभयो ।

कार्यक्रम बागलुङ जेसीजका अध्यक्ष आनन्द प्रसाद रेग्मीको अध्यक्षयता, मुल संयोजक अम्मर बहादुर थापाको स्वागत र संयोजक सन्तोष कार्कीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *