आर्शिवाद दिँदै अस्ताएकी ‘फलेबासकी मुमा’

सरोजराज पन्त
यस धर्तीमा जन्म लिए पछि मृत्यु अनिवार्य छ । जीवन गर्भदेखि चितासम्मको अनिवार्य यात्रा हो । गर्भदेखि चितासम्मको यात्रामा अनेकौ उकाली–ओराली, दुःख–सुख, सहज–असहज परिस्थिति भइरहन्छन् । मानव सृष्टिदेखि अहिलेसम्म विश्वमा अनगिन्ती मानिसहरु जन्मिए र यही धर्तीमा विलिन भए । कति मानिसको मृत्यु हुँदा परिवार मात्र होइन, सारा समाज र देश रुन्छ भने कसैको मृत्यु हुँदा परिवारले पनि आँसु बगाउँदैन । यसमा त्यो व्यतिmको व्यवहार, काम र योगदानको गहन भूमिका रहेको हुन्छ । सृष्टिको यो रीति र प्रवृत्ति आज पर्यन्त निरन्तर चलिरहेको छ र अनवरत चलिरहन्छ, । यो जीवनरुपी चक्र घुमिरहन्छ ।

हाम्रो समाजमा जीवित रहुन्जेल बेवास्ता गर्ने र मृत्युपछि अनेकौं थरी नाम, विशेषण जोडेर प्रशंसा गर्ने प्रवृत्ति बिद्यमान नभएको पनि होइन । यद्यपि, संसारमा अहिलेसम्म असंख्य मानिस जन्मे, जीवनरुपी संघर्षको यात्रामा लागि रहे र पुनः पञ्च तत्वमा विलीन भए । उनीहरु मध्ये कतिपयले आफ्नो नाम इतिहासको पानामा स्वर्ण अक्षरले सुरक्षित गर्न सफल रहेका छन् भने कतिपय त इतिहासले सधै धिक्कार्ने अवस्थामा पुगेका छन् । सबैको मन मस्तिष्कमा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल रहेकी पन्त समाज र फलेबास क्षेत्रकी आमा कोजाग्रत पुर्णिमाका दिनसम्म आफन्तजनलाई टिका लगाई आर्शिबाद दिंदै सामूहिक फोटो खिच्नु भयो । भोलिपल्ट मिति २०७८ कात्तिक ३ गते बिहान ८ः४५ बजे इच्छामरण जस्तै सबैलाई आर्शिवाद दिदै यो संसार छाड्नु भयो । एक थोपा रगत बाँकी रहुन्जेल परिवार, समाजको सेवामा समर्पित हुने र दिलो ज्यान दिनका लागि हर तरिकाले तत्पर भई रहने आमा निरन्त्तर सबैको रोग, भोक, शोक र दुःखकी साथी भई मलाम बन्नु भयो ।

No description available.

जीवनका हरेक पलमा परिवार र समाजका लागि उहाँको योगदान रह्यो । साधारण व्यतिmत्व, परिश्रमी, नियमित काममा लाग्ने, समय व्यवस्थापन गर्ने, जोशिली, कर्मशील महिलाको पहिचान बनाएकी फलेबासकी मुमा आफ्ना परिवारका लागि मात्र नभई समाज, मानवका लागि निरन्तर क्रियाशील रहनु भयो । लोभ, लालच, छलछाम भन्दा सधैं टाढा रहेर हरपल सामाजिक, मानवीय काममा लाग्नु भयो । कलिलो उमेर ९ बर्ष देखि पारिवारिक जीवनमा बाँधिएर अनवरत सेवा पु¥याउँदै यस क्षेत्रका मानिसलाई सचेतना, सदमार्गमा हिडन प्रेरेणा दिर्दै आउनु भयो । पेशागत क्षेत्रमा काम गर्न नपाए आफ्ना लागि मात्र होइन, अरुको लागि पनि बाँच्न सिकौ भन्ने प्रेरणा उहाँले दिइ रहनु भयो ।

उहाँले प्रायः सबैजसो सामाजिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा भौतिक, नैतिक सहयोग पु¥याउँदै आउनु भयो । समाज विकासदेखि मानवीय सम्पूर्ण गतिविधिमा उहाँको योगदान अविस्मरणीय छ । मानव सामाजिक प्राणी भएकोले समाजमा बसेपछि प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध स्थापित गर्नु पर्दछ भने चेतना समाजमा रहने सबै मानिसका समान विशेषताहरु हुँदैनन् । समाजका धर्म संस्कृतिका क्षेत्रमा उहाँको भूमिका उदाहरणीय छ । यसैगरी, धर्म, संस्कृतिको संरक्षण र विकास निर्माणमा उहाँले खेलेको भूमिका वास्तवमा मननयोग्य रहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थमा नपरी आफुले दुःख पाएर पनि परिवार र समाजका लागि समर्पित भइरहने, अनावश्यक काममा समय बर्बाद नगरी आफनो काममा लागि रहने, आपसी सहकार्य, एकता र एकजुट भएर काम गर्न आत्म सम्मान हुने काम गर्न, आफ्नो ज्ञान, सीप, दक्षता, क्षमताले भ्याएको काम गर्न लाज मान्नु हँुदैन भन्ने उँहाको धारणा थियो ।

No description available.

आफु दुःखमा रहे तापनि अर्काको दुःख देख्न नसक्ने बानीको कारणले छरछिमेकीको सधै प्यारी बन्नु भयो । यसरी जीवनमा विवाह पछि संघर्षको पोखरीमा डुब्नु भएकी समग्र फलेबासकी आमा आज हामी सामु हुनुहुन्न । उहाँले हामीलाई टुहुरो पारी सदा सदाका लागि टाढिनु भयो । हाम्रो गाँउकी आमा बनेर रहनु भएकी चन्द्रकुमारी पन्त हसिलो चेहेरा, गोलो अनुहार, अलिक होचो शरीर भएकी हुनुहुन्थ्यो । उहाँको बोली मधुर थियो । कहिबाट कसैले बोलाएर ‘हई बा’ भन्ने सुमधुर आवाज गुिन्जन्थ्यो । जुनसुकै नाताले उहाँलाई सम्बोधन गरेर बोलाए पनि आउँ बस, केही खाएर जाऊ भन्ने बानी उहाँको थियो । गाउँमा कुनै समस्या वा अप्ठारो पर्दा, कोही व्यक्तिलाई कुनै कुराको जटिलता हुँदा उहाँ अगाडि सर्नु हुन्थ्यो । उहाँ दर्जनौ बालबालिकाकी दुधे आमा र (ज्योतिषी पण्डित श्रीमानका कारण) आफै गुरु आमा हुनु हुन्थ्यो । सतक आयु जिएर सेवा गर्दे आएकी आमा अझ धेरै बाँचे हुन्थ्यो भन्ने अपेक्षा राखेको परिवार र समाज अहिले ब्याकुल बनेको छ । बोली र ब्यवहारकै कारण उहाँ सबैको मन मस्तिष्कमा बसेको पाइन्छ ।

No description available.

पारिवारिक चलन अनुसार शुद्ध चोखा कपडा फेरेर भान्सामा खाना बनाउने र भान्सा छाडेपछि फेरि खान नहुने भए पनि उहाँले खान लागेको बेलामा समेत कोही कसैलाई कुनै किसिमको समस्या प¥यो, लौन के गरौ भनेपछि खानै छोडेर समाधानका लागि जुट्नु हुन्थ्यो । यस्ता गुणले भरिएकी आमालाई यस समाजले सम्झिरहेको छ र निरन्तर सम्झिरहने छ । गाउँमा आफन्त, आमा, दिदी, बहिनीहरुलाई उहाँको बारेमा सोध्दा आँखा न रसाउने मान्छे कोही भेटिनु हुन्न । यसबाट पनि उहाँलाई चिन्ने सबैले स्मरण गर्नुभएको छ । परिवार उहाँलाई स्मरण गर्दा सबैकी प्यारी, मिलनसार, आफुले नखाएर पनि अरुलाई खुवाउन सधै तत्पर रहने, आफ्नो मनका दुःख अरुलाई भन्न नरुचाउने तर आफन्तहरुका दुःख थाहा पाए चिन्ता लिइरहने र समाधान गर्न हरपल लागि रहने असाधारण साझा अभिभावक हुनु हुन्थ्यो ।

ज्योतिषी पण्डित हेलीराज पन्तको साथमा लिमिठानाको चाउकामा बस्दै आउनु भएकी ममतामयी आमाले २०५२ सालमा जीवन साथी ज्योतिषी पण्डित हेलीराज पन्त जसले आफनो चिना हेरेर अस्वस्थ्य भएतापनि सोही बर्षको श्रावणको नागपञ्चमीसम्म मलाई उपचार गर्न नलैजानु त्यो दिन कटे भनेमात्र उपचार गर्न लैजानु भन्नु भएकोमा त्यही दिनको एक बजे मृत्युवरण गर्नुृ भएको थियो । यसरी पतिलाई गुमाएपछि उहाँ सोही गाउँको रुम्टामा बसोबास गर्दे आउनु भयो र फलेबासकी साझा आमाको रुपमा पहिचान बनाउनु भयो । यस क्षेत्रबाट पन्तहरुको बसाइ सराइ र आफन्तजन, साथीसंगी गुमाए पछि उहाँ साह्रै चिन्तित हुनु हुन्थ्यो । यो पतिmकारकी ममतामयी आमा अनुराधा पन्तको २०५५ सालमा अल्पायुमा निधन हुँदा म र मेरो सानो भाइ शिशिर पन्त लगायत सम्पुर्ण परिवारको आधार बनेर ‘आमा म छु चिन्ता नगर भनेर’ सधै साथ र सहयोग दिने आमा हामी सबैकी साझा आमा हुनुहुन्थ्यो ।

उहाँको निस्वार्थ सेवाको कारण घरमा ऐपन राख्ने, घरको भित्तामा देउता लेख्ने, दुना टपरी बनाउने, पुजा, पाठ, श्राद्ध र अन्य समयमा दुध, तरकारी, फलफुल सबैले ल्याउने, आफुले पनि घरमा भएका तरकारी, फलफुल सबैले बाँडेर खाने चलन उहाँमा थियो । आपसी सहयोग, अर्मपर्म गरी खेतीपाती गर्ने चलन अनुसार सहकार्य गर्दे काम गर्ने आमा आफुले पढन नपाएपनि छोराछोरीलाई शिक्षा क्षेत्रमा लगाउन र पढाउनु पर्दछ भन्ने सक्रिय सोच उहाँमा रहेको पाइन्छ । राजनीतिक रुपमा नेपाली कांग्रेसकी सक्रिय सदस्यको भूमिकामा रहेर निरन्तर काम गर्नु भएकी चन्द्र कुमारीले छोराछोरीलाई मेरा लागि होइन, आफनै लागि पढेमा सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिइरहनु हुन्थ्यो । यस्ता गुण भएकी आमाका अर्ति उपदेशका कारण अहिले उहाँका तीन छोराहरु यस क्षेत्रका पण्डित बिक्रम पन्त, व्यवसायी पराक्रम पन्त र यादाक्रम पन्त र तीन छोरीहरु गिरिजा कुमारी पन्त खरेल, योजना पन्त उप्रेति, श्यामा पन्त बिमली लगायत नाति अहिलेका चर्चित गायक तथा सर्जक कस्तुप पन्त सहित उहाँका दर्जनौ नाति नातिना तथा पलाति, पलातिनीहरु कर्मशील रहेर देश र समाजलाई टेवा पु¥याइ रहेका छन् ।

समाजको एक अभिन्न अङ्ग र ज्येष्ठ अभिभावकको रुपमा उहाँको योगदान जीवन्त छ । ‘आफु भलो त जगत भलो’ भन्ने भनाइलाई आत्मसाथ गर्दै उहाँ जसरी सेवा कर्ममा जीवनका सबै क्षणमा क्रियाशील रही रहनुभयो, यसबाट सबै युवावर्ग, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ लगायत सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न सके समाज र देशको मुहार फेर्न सकिने देखिन्छ । जीवनमा सुख खोजेर होइन दुखमा संघर्ष गरेर लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश उहाँको जीवनबाट पाउन सकिन्छ । सफल हुनका लागि सबै परिवार र समाज एक ढिक्का भई लाग्नु तथा असल कर्म गरेर जीउनुुपर्ने सन्देश उहाँको जीवनीबाट पाउन सकिन्छ ।

फलेबासकी मुमा, हामी सबैकी रोग, भोक, शोक र दुःखकी साथी आज हामीमाझ सम्झनामा मात्र सिमित हुनुभएको छ । बाचुँञ्जेल सबैको सेवामा हरपल तल्लीन आमाको बारेमा छोटो समयमा शव्दचित्र कोर्नु त्यति सहज नभए तापनि आमाप्रतिको अगाध माया, सदभावको कारण यो लेख तयार पारेकोले समग्र पन्त परिवारको तर्फदेखि आमाको आत्माको बैकुण्ठबास होस्, हार्दिक श्रद्धासुमन !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *