गोरु काटेर खाएको आरोपमा चार व्यक्ति पक्राउ

आदर्श अनलाइन,बागलुङ

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

साविकको पाला गाविस वडा नम्बर ४ को चिहानडाडाँ भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीय ४७ बर्षिय यामबहादुर सार्की, २९ बर्षिय रेशम सार्की, २४ बर्षिय आइते किसान र १८ बर्षिय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जना बिरुद्व पशु सम्बन्धी कसुर अन्र्तगत गाई गोरु मार्न वा कुट्न नहुने शिर्षकमा मुद्वा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराइले जानकारी दिनुभयो । उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान समेत भइरहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *