एमालेको छ पालिकामा सर्वसम्मत नेतृत्व चयन

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौं महाधिवेशन अन्र्तगत मंगलबारबाट देशभरका पालिकामा शुरुभएको अधिवेशन बागलुङमा समेत जारी रहेको छ । नेकपा एमाले बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । १० पालिका रहेको बागलुङमा मंगलबार सात पालिकामा अधिवेशन शुरु भएको छ ।

जसमध्ये तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिका र गलकोट नगरपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाको गलकोट नगरपालिकामा पूर्ण काउचाको अध्यक्षतामा ६३ सदस्यीय नगर समिति गठन भएको छ । जसको उपाध्यक्षमा उपाध्यक्ष तिला केसी, सचिव दानबहादुर श्रीस, उपसचिव पोस्टराज सुवेदी र उपसचिव लक्ष्मी सुनार चयन भएको नगर निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको ताराखोला गाउँपालिकामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । ऋषिराम रोकाको अध्यक्षतामा समिति गठन भएको छ । जसको उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गा बहादुर बगाले, उप सचिवमा डम्बरबहादुर छन्त्याल चयन भएका छन् ।

त्यस्तै तमानखोलामा तारानाथ श्रीपालीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा कुम बहादुर छन्त्याल, सचिवमा लिल बहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन भएको एमाले बागलुङका सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यस्तै काठेखोला गाउँपालिकामा डिल बहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा युक्त प्रसाद कँडेल, सचिबमा बिधापती शर्मा, उपसचिबमा तिल बहादुर खड्का र नर बहादुर क्षेत्री चयन हुनुभएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा लक्ष्मण पुनको अध्यक्षमा सवृसम्मत रुपमा नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा निर्दोश बिक, सचिवमा ज्ञान प्रसाद कँडेल तथा उपसचिवमा इन्द्र घर्ती मगर र हेम प्रसाद बिक रहनुभएको छ ।

जिल्लाको बडिगाड गाउँपालिकामा पनि कमलराज आचार्यको अध्यक्षतामा सर्वसम्मत ७३ सदस्यीय गाउँ कमिटिको गठन भएको । जसको उपाध्यक्षमा इन्द्रजित थापा, सचिवमा दिनेश पुलामी थापा, सहसचिवमा केशमाया छन्त्याल र महेन्द्र केसी रहनुभएको छ ।

बागलुङ नगरपालिकामा सर्वसम्मतीको प्रयास जारी रहेको छ भने निसीखोला गाउँपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामामा भने ११ गतेपछि अधिवेशन हुँनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *