बागलुङमा बैंकमा कार्यरत कर्मचारी बलात्कार आरोपमा पक्राउ

आदर्श अनलाइन, बागलुङ
३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ । कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो ।

केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाईटिका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप लागेको छ ।

पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *