अल्मुताइरी, नेपाली फुटबल र अबको आशा

सम्पादकीय
फुटबल खेल विश्वव्यापी रुपमै लोकप्रिय खेल हो । यो खेल सहजै बुझिने खेल भएकाले पनि फुटबल फ्यान धेरै छन् । नेपाली फुटबल पनि पछिल्लो समय आम दर्शकको रोजाइमा छ । र अन्र्तराष्ट्रिय प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रदर्शन गर्न थाले सँगै नेपाली फुटबलको क्रेज तल्लो तह सम्म बढ्दै गएको छ । यसको पछिल्लो उदाहरण दक्षिण एशियाली खेलकुद (साफ च्याम्पियसीप) हो । यो प्रतियोगितामा नेपाली फुटबल टोली २१ वर्षको इतिहासमा पहिलो पटक फाइनलमा पुग्यो । जसमा नेपाली टोलीका खेलाडीको चर्चा त स्वभाविक हुने नै भयो, यसमा सबै भन्दा बढी चर्चित र विवादित पात्र बने नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी ।

चर्चित हुनुमा उनको खेल प्रशिक्षण कौशल त प्रशंसनीय रह्यो नै । नेपाली टोलि दुई दशक पछि फाइनलमा पु¥याउनु नेपालका लागि ऐतिहासिक सफलताको क्षण थियो । प्रमुख प्रशिक्षक अमुलताइरीका लागि सफलता र आफ्नो बचत पुरा गरेको एक अविस्मरणीय रेकर्ड थियो । तर, यही अनुक्रममै उनले फाइनल खेल अगाडि नेपाल नफर्कने गरेको उद्घोष, फाइनलमा लागेको प्रतिबन्ध लगायतका कारण विवादित र आलोचित पनि बने । उनै प्रशिक्षक अमुलताइरी नेपालको फुटबलका लागि तीन वर्ष नयाँ सम्झौता गर्न सहमत भएका छन् । माल्दिभ्समा भएको प्रतियोगितामा उपाधि हासिल नभए पनि पुराना असफलताका इतिहास बिर्साउने गरी फाइनल पु¥याएका अल्मुताइरी नेपाली टिमसंग नफर्किएर कतार लाग्दा केही अधुरो र नरमाइलो सबैलाई लागेको हुनुपर्छ । अहिले एन्फा नेतृत्वको विशेष पहलमा एक उम्दो प्रशिक्षक जसको नेतृत्वमा केही चामत्कारिक सफलता पनि मिलिरहेको छ । उनी तीन वर्षका लागि नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने उद्घोष सहित नेपाल आउन सहमत हुन सुखद कुरा हो ।

नेपाली फुटबल अमुलताइरीको आगमनसँगै केही गतिशील र चलायमान देखिएको छ । फुटबलमा गोल नै नहुने समस्यामा उल्लेख्य सुधार गरेर नेपालले आक्रामक फुटबल खेल्न थालेको छ । यद्यपि, नेपाली फुटबल खेलमा देखिने अशोभनीय दृश्य र फोहोरी राजनीतिले मुख्य प्रशिक्षक अमुलताइरीलाई पनि बिच्काएको थियो । र नेपाल नफर्कने उद्घोष पनि त्यही पृष्ठभूमिकै बिचबाट आएको हुनुपर्छ । जे होस् आमुलताइरी जस्तो उच्च कोटीको प्रशिक्षक नेपाली फुटबल फ्यानहरुको तीब्र माग पनि थियो । यो खेलाडी र आम नेपाली फुटबल फ्यानको भावना अनुसार नै एन्फाले सकरात्मक पहल र समन्वय ग¥यो । यही एकता र गठजोडले नेपाली फुटबललाई अर्को स्तरमा पु¥याउन अवश्य सफलता मिल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *