बडिगाडमा घाँस काट्ने क्रममा लडेर मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

गाउँपालिका–५ दागका ४८ बर्षका देविराम गुरुङ बुधबार साँझ घाँस काट्न जानुभएको र घाँस काटेर नफर्केपछि खोजतलास गर्ने क्रममा आज बिहान ३०० मिटर तल खोलामा शव भेटिएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङ इन्चार्ज जयराम वन्तको नेतृत्वको प्रहरीले मुचुल्का तयार पारी पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ पठाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *