देशको विकास र स्थायित्वका लागि कम्युनिष्ट एकता: पूर्व मन्त्री अर्याल

आदर्श अनलाइन, कुश्मिशेरा

नेकपा एमाले जैमिनी नगरपालिकाको नगर अधिवेशन शुरु भएको छ ।

अधिवेशनको उद्घाटनपछि बोल्दै पूर्व भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले देशको विकास र स्थायीत्वका लागि कम्युनिष्ट एक हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले कम्युनिष्टहरु एक भएर देश विकासमा अघि बढ्ने भन्दै काँग्रेसबाट देश विकासको आश नरहेको बताउनुभयो । केन्द्रिय सदस्य समेत रहनुभएको अर्यालले सुखी नेपाली समृद्ध नेपालको अभिारा एमालेकै काधमा रहेको बताउनुभयो । उहाँले आगमी निर्वाचनमा एमाले पहिलो दल हुँने विश्वास व्यक्त गनुृभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटा र एमालेका निर्वाचन विभाग पूर्व सदस्य ममतादेवी शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रम नेकपा एमाले जैमिनी नगर संयोजक सावित्रा रानाको अध्यक्षता, उपसंयोजक प्रदिप ढुगानाको स्वागत तथा जैमिनी नगर कमिटि सदस्य देवेन्द्र रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका पालि प्रयास भइरहको छ । नगर अध्यक्षका लागि बद्री ढुगाना र दिल प्रसाद पौडेलको दाबेदारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *