कठिन चिवर दान कार्यक्रम धर्मदेशना र स्वास्थ्य

जिवन शाक्य
ज्ञानोदय बुद्ध विहार बागलुङमा महिला बौद्ध संघ, विहार समितिको आयोजनामा भन्तेहरुलाई दिइने कठिन चिवर दान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । त्यसका लागि काठमाण्डौबाट र धरान गरि ७ जना भन्ते र गुरुमाहरु २ जना पाल्नु भएको थियो । एक जना महास्थविर भन्ते गत ३ महिना देखि बसोबास गरेर विहारमा दैनिक विहान ध्यान कार्यक्रम, बुद्ध पुजा, भजन कहिले परित्राणका साथै धर्म देशना कार्यक्रम गर्दै आउनु भएको थियो । महिला बौद्ध संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्षमा यो कठिन दान कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रमका लागि महिला बौद्ध संघ, विहार समितिको आफ्नै कोष, उपासक उपासिकाहरुको आर्थिक सहयोग र सक्रिय सहभागिता, केही अन्य दाताहरुले आर्थिक भौतिक सहयोग गर्नु भएको थियो । उपासक उपासिकाहरु, भन्ते गुरुमा र बाहिरबाट पाल्नु भएको धर्म मित्रहरुलाई विहारमानै खानाको ब्यवस्थापन थियो । यस्ता कार्यक्रमहरुमा सबैलाई खानाको ब्यवस्था विहारमानै ब्यवस्थापन गरिने गरिन्छ । यो दान कार्यक्रममा केन्द्रीय बौद्ध विहार संघका भन्तेहरुलाई लगाउने विशेष लुगा (चिवर) दानका साथै केही रकम र भन्ते गुरुमाहरुलाई दैनिक आवश्यक अन्य सामानहरु पनि प्रदान गर्ने कार्य हुन्छ, भएको थियो ।

विहानै ७ बजे उपासिकाहरु आफ्नो पहिरन सहित, उपासकहरु प्रायः आ–आफनो पहिरनमा, भन्ते अनागरिका गुरुमाहरु सहितको उपस्थिति र सहभागितामा बजारमा शान्ति पदयात्रा सम्पन्न गरि विहार भित्र बुद्ध सम्बन्धी ज्ञानवद्र्धक भजनहरु पञ्जशील र अन्य केही पुण्य पाठहरु नेपाली र नेपाली भाषामा गरेर अन्तिममा धर्मदेशना पछि कठिन चिवरदान, अष्ट परिकार दान र उपासक उपासिकाहरुबाट ब्यक्तिगत आर्थिक दान दिएर सफलता पुर्वक सम्पन्न भयो ।

भन्ते र अनागारिका गुरुमाबाट दान पुण्यबारे विशेष र मान्छेले जन्म लिए पछि अपनाउनु पर्ने शिक्षा, आचरणबारे धर्मदेशना भएको थियो । गुरुमाको प्रवचनलाई यहाँ विशेष प्रस्तुत गर्न खोजेको छु । गुरुमाले जस्तो भन्नु भएको छ, त्यत्तै शब्द र वाक्य मैल पस्कन सक्दिन तर भन्न खोज्नु भएको मुख्य आशय यहाँ राख्न खोजेको हुँ । उहाँ बुद्ध सम्वन्धी शिक्षामा पिएचडी गर्न लाग्नु भएको कुरा पनि सुनेको थिएँ । धर्म देशनाको लागि उहाँ गुरुमा र भन्ते ज्यूहरु र संगै आउनु भएका पाहुना प्रति हार्दिक साधुवाद टक्राउन चाहन्छु ।

देशनाः
जन्म लिए पछि सबैलाई केही न केहीको भर वा साथी चाहिन्छ । बाँच्नलाई हामीलाई साथी समाज, परिवार चाहिन्छ । सबै भन्दा आवश्यक साथी सजिव र निर्जिव विशेष २ थरिको हुन्छ । लोक संसारमा सजिव साथी भनेको श्रीमानको श्रीमति र श्रीमतिको श्रीमान नै हो । छोराछोरी बालबालिकाका लागि आमा बुवा परिवारका अन्य सदस्यहरु साथी हुन्छ र छरछिमेक, विद्यालय, संघसंस्थाका साथीहरु पनि हुन्छन् ।

निर्जिव साथी भनेको भौतिक धन सम्पत्ति सामानहरु हो । यसको केही भर हुँदैन चोर डाकाहरुको आँखा परे, लुटेर लैजान्छ । त्यस्तै आगलागी हुँदा, बाढी पहिरो, हावा हुरी, तुफान आउदा र भूकम्प आयो भने कठिन श्रम गरेर कमाएको सम्पत्तिले हामीलाई छोडेर जान्छ । आफनै घरमा छोराछोरी लागु औषधी खाने, रक्सी खाने, जुवा खेल्ने कुलतका फसेको भयो भने पनि धन सम्पत्तिले साथ छोडेकै हुन्छ ।

त्यस्तै सजिव साथी भनेको श्रीमान्को श्रीमति हो वा श्रीमतिको श्रीमान हो । आजभोली घरको श्रीमान काम विशेषले केही समय वा धेरै समय वाहिर बस्दा श्रीमतिहरु परपुरुपषहरु संग लागि रहेका पनि देखिन्छन् । यसको सुइको परिवारका र छरछिमेकले थाहा पाए पछि श्रीमान घरमा आएको बेलामा खबर गर्छ भन्छ, तर श्रीमानलाई विश्वास नलाग्न सक्छ, उल्टै भनाई खानु पर्ने हुन्छ । दोस्रो, तेस्रो पटक श्रीमतिले गरगहना सम्पत्ति केही लिएर परपुरुष संग भागेको भए पनि श्रीमानले श्रीमतिको खोज पछि भेटेर सम्झाएर घर ल्याउने पनि गरेका छन् । धेरैको छोड विछोड भएको पनि हुन्छ । तर, सिमाना काटेर श्रीमति बेपत्ता भएका पनि छन् । यस्तै, श्रीमानले पनि परस्त्रीहरु वा केटीहरु संग लागेर श्रीमतिलाई धोका दिएका, मारेका, छोडेका पनि थुप्रै उदाहरण छन् । यसरी सब भन्दा नजिकका साथीहरु भन्नेले पनि धोका देखिएको देखिन्छ । यस्तै, रोग लागेर वा दुर्घटना पर्दा सवैले साथ छोडेर गएकै छन् । स्थायी भन्ने केही छैन, आज छ भोलि नहुन पनि सक्छ, सबै चिज अनित्य छ । अरु साथीहरु र परिवारका सदस्यहरुले कुरा नगरौं आफनो चाहेको खाजेको जस्तो भयो भने सबै साथ भर छोडेर धोका दिने गरेको हामी पाउछौ ।

आफनै शरीरले पनि बुढेसकालले भेटे पछि साथ छोडिरहेको हुन्छ, र फर्केर हेरिरहेको हुँदैन । बुढेसकाल रौ सेतो भई फुलेर आउँछ, कति कालो मेहन्दी लगाए पनि आखिर सेतो नै हुन्छ । सम्झना शक्ति हराएर जान्छ, रोगले च्याप्यो भने औषधी खानु पर्ने सम्पत्ति पनि सिध्याउनु पर्ने हुन्छ । भनेको चाहेको जस्तो शरीर चलाउन खेल्न हिँड्न डुल्न नसकिने हुन्छ । आँखा देख्न नसकिने पनि हुन्छ । रोगले पक्षघात भए ओछ्यानमा वर्षौं सुत्नु पर्ने बाध्यता हुन्छ, यसरी परिवारका सदस्य, आफनै श्रीमति वा श्रीमानले पनि साथ छोड्छ, सम्पत्तिले केही काम दिदैन । छिट्टै मर्न पाए हुँदो हो भन्ने सम्म हुन्छ । कोरोनाका कारण कयौ श्रीमान श्रीमति युवायुवति, चिकित्ससकहरुले पनि साथ छोडिरहेकै छन् । । को छ त भर पर्न लायक साथी भन्ने ? कोही पनि छैन । स्थायी रुपमा सवैले केही समय पछि वा ढिलो चाँडो साथ छोडेरै गएका छन् ।

बरु साथी भन्न सकिने भनेको पञ्च, अस्टशील सदाचार विधि अनुशासन अपनाउने वा धारण गर्ने हो । यसले हाम्रो शरीर मनलाई बलियो बनाउँछ, सहज बनाउँछ,बाधा अप्ठ्याराहरु आए पनि विचलित हुन दिँदैन । स्वस्थ भई बाँच्न र रोगबाट बचाउँछ । हाम्रो बाटा, मार्ग, यात्राहरु त्यति कठिन हुन दिदैन । शरीर र मनले साथ दिइरहेको हुन्छ, छिटो बुढो हुँदैन, हत्तपत्त बिरामी हुनुपर्दैन । काम क्रोध लोभ, मोह अहंकारको राग, आगोबाट जल्ने, गल्ती कमजोरी गराउने पछुताउने, दुखित हुने, पतन हुनु पर्ने, मर्नुपर्ने कार्य गराउने धेरै कम हुन्छ, बचाउन सहयोग गर्छ । काम वासना, पैसा सुविधा, पदको लोभमा परेर हामीले, नेता कार्यकर्ताहरु, ठूला उच्च पदासिन हाकिमहरुले आफनो पद हैसियत अधिकारको दूरुपयोग गरेर भ्रष्टाचार ब्यभिचार गरिरहेका देखिरहेका छौं, गर्छौ । परिवार, समाजको शान्ति, सुव्यवस्था, सामाजिक आर्थिक विकास खलबल्याई जनतालाई रोजगारविहीन, गरिबी र महंगीको मारमा राख्ने गरेका छन् । यसबाट परिवार समाज र आफूलाई जोगाउने भनेको शील सदाचार पञ्चशील, अस्ट शील अपनाउनु धारण गर्नु हो । यसले हामीलाई परिवारमा, छर छिमेक समाज र राज्यमा सवै संंग असल सम्बन्ध राख्न सक्ने क्षमता साहस दिन्छ, धैर्य दिन्छ । परिवार, समाजमा शान्ति स्वतन्त्रताको वातावरण निर्माण गर्न सहयोग मिल्छ । उत्पादनशील रचनात्मक निर्माणका कार्यहरु गर्ने प्रेरणा जाग्छ, सम्बन्धहरु प्रेमपूर्ण सहयोगी बन्छ ।

अर्को साथी बनाउनु भनेको श्वासलाई साध्नु हो । श्वास आएको गएको निरीक्षण गर्ने, अवलोकन गर्ने वा विपश्यना अपनाउने । श्वास एउटा यस्तो माध्यम हो, जसलाई ध्यान दिदाँ हाम्रो मनलाई सचेत संवेदनशील वा होशपूर्ण बनाउन सहयोग गर्छ । यसले मनलाई काम, क्रोध, लोभ, मोह, अहंकारबाट टाढा राख्न पनि सहयोग गर्छ । श्वासलाई साध्ने कार्य गर्दा श्वास र शरीर अस्थिर, अशान्त, चाप, दबाब र तनावपूर्ण नभई विस्तारै शान्त, स्वस्थ हुन्छ र तनाव चिन्ताबाट पनि बचाउँछ । तर, श्वासलाई स्वीकार र श्रद्धापूर्वक ग्रहण गर्दै जानु पर्दछ, विरोध होइन, विरोध गर्दा उर्जा शक्ति खेर जान्छ, हामी कमजोर हुन्छौ, विपश्यना साध्न सक्दैनौ । विपश्यना भनेको शरीरको सुक्ष्म ब्यायाम पनि हो यसले शरीर स्वस्थ गतिशील राख्न सहयोग गर्छ । विपश्यना साध्नु भनेको काम, क्रोध, लोभ, मोह, अहंकारको दुषित भाव क्रियाले श्वास र मुटुको ढुकढुकी शरीरका अंग प्रत्यङ्गहरुमा खराब क्रिया गति भई धड्कन आन्तरिक गतिमा चाप दबाब नकारात्मक भाव पैदा गरेको हुन्छ । त्यसलाई बुभ्mनु थाहा पाएर, श्रदापूर्वक आउन दिएर मन शरीरको भित्री तह स्वस्थ पवित्र बनाउदै जानु हो जसबाट शान्ति स्वस्थताको अनुभुति हुँदै आउँछ ।

अर्को साथी भनेको पुण्य गर्नु अर्थात् आफ्नो परिवार छरछिमेक सवैको कल्याण भलो गर्ने गराउने गरि नम्र सभ्य बोली बचन व्यवहार गर्नु, आपत विपत र काम व्यवहारमा सहयोग गर्नु, भित्री हृदयले दान दिने आदि सुन्दर कार्य गर्नु हो । यस्तो कार्यले, मन र शरीर शान्त, सन्तोष र सुखद हुन्छ । पुण्य कार्यले आफनो मात्रै होइन, परिवार छरछिमेकले समाजले राम्रो मानिरहेको हुन्छ र भलो भइरहेको हुन्छ । यस्तो कार्यको सुखद अनुभुति मरण पछि हाम्रो साथमा जान्छ, । अर्को जन्मको यात्राका लागि सुखद टिकट खरिद गर्नु हामी समर्थ हुन्छौ । विना पुण्य कमाईको यात्रा भनेको टिकट विनाको यात्रा हो । यस्तो यात्रा भनेको डर त्रास भय साथै सवैले हेला गर्ने, आत्मग्लानी हुने, पछि पछुताउनु पर्ने पशु योनी वा नरकको यात्रा हो । पुण्यको संस्कार वा कमाई गर्नु भनेको वर्तमान सुखद शान्त स्वस्थ सफल वनाउदै अर्को जन्मको यात्रा लागि पनि सन्तोष सफल वनाउन सक्नु हो, जसलाई कसैले, कुनै हावा हुरी, बाढी आदिले लैजान उडाउन सक्दैन । पुण्य गर्नु भनेको सवै सम्पत्ति र शरीरनै नाश हुने गरि दान गर्नु पर्ने पनि होइन । त्यसैले, खुसीले हुदयले दान दिनु वा प्रेम करुणा, दया सहयोग विश्वासले सवै प्रति ब्यवहार गर्नु हो । सम्पत्ति नभए पनि प्रेम दया करुणा सहयोग गर्नु पनि ठुलो पुण्य हो भनेर भगवान गौतम बुद्धले भन्नु भएको छ । भेदभाव दमन शोषण, ब्यभिचार भ्रष्टाचार पुण्य होइन, पाप हो । यसले सबैको समय श्रम सम्पत्ति शक्ति क्षमता नाश गर्छ र खुसी प्रसन्नता स्वतन्त्रता छिन्न भिन्न गर्छ, गर्ने गरिरहेको छ । पैसा सम्पत्ति धेरै भएर समाजमा दान सहयोग सेवा नगरी वा समाजमा उत्पादन शिलमा लगानी नगरि राख्नु वा छोराछोरीलाई छोडेर गएर छोरा छोरीको हित कल्याण भएको हुँदैन । बरु पैसा शक्तिले मात्तिएर परिवार, समाजमा अशान्ति विकृति फैलिने कार्य भइरहेको बढी पाउँछौ ।

यसको लागि नै बुद्ध, सन्त, भिक्ष्ुाहरु जस्ता महान ब्यक्तिहरुको दुलर्भ जन्म हुन्छ, भइरहेको छ । उहाँहरुको लवाइृ खवाई बसाई एकदम साधारण हुन्छ । विहार, आश्रम, संघमा बस्ने, एकै थरि वस्त्र पहिरन, एक दुई पटकको शुद्ध सात्विक खानपान भोजन, ध्यान साधनाले गर्दा ज्ञान प्रज्ञाले भरिएको दिमाग, सम्यक सहज बोली बचन प्रेमपूर्ण कसैलाई पीडा दुःख नदिने, अध्यात्मिक विकासले उच्च मानसिक सामाजिक विकास भएको उहाँहरु संगको दुलर्भ सानिध्य संगत उपदेश वा धर्म देशना सुन्न ग्रहण गर्नु भनेको हामीले मान्छेको जन्म पाएर हाम्रो पुण्य कर्मको फलको अवसर हो । हामीमा श्रद्धा विश्वासको भाव जागृत हुने हौसला प्रेरणा पाउने हुन्छ । यही संगत उपदेश र देशनाले, यो पनि दुर्लभ संयोग हो पुण्य कार्यको लागि । यस्तो पुण्यको देशना सम्पर्क र साधना गर्र्ने मार्गवाट बञ्चित हुनु, टाढा हुनु भनेको अवसर गुमाउनु, अशान्त, असन्तोषी, दुखी रोगी भएर सम्पत्ति साथी परिवार छरछिमेक सवै गुमाउनु हो ।
भवतु सब्ब मंगलम ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *