जाडोयाममा कसरी स्वस्थ रहने ?

सरोज केसी
हेल्थ असिष्टेन्ट
धौलागिरी अस्पताल, बागलुङ

जाडो मौसम सुरु भएसँगै मानिसहरुको स्वास्थ्यमा विभिन्न खालका समस्याहरु आउन थाल्दछन् । विशेष गरी मैसम परिर्वतन हुने समयमा मौसमी रुघाखोकी, ज्वरो आउने गर्दछ । यसबाट बच्नका लागि हामीहरुले खानपान र सरसफाईमा ध्यान दिन आवश्यक हुन्छ । जाडो मौसममा विभिन्न खालका भाइरसहरु सक्रिय हुने गर्दछन् । भाइरसले गर्दा रुघाखोकी, टन्सिल हुने गर्दछ । यस्ता कुराबाट बच्नका लागि जाडो मौसममा तातो खानेकुरा खाने, न्यानो लुगा लगाउने, भिडभाडमा कम जाने, रुघाखोकी लागेका मानिसले माक्सको प्रयोग गर्नु पर्दछ । अहिले झन् कोरोना भाइरस भएका कारणले थप सजगता अपनाएर घर पस्ने समयमा जहिले हात खुट्टा राम्रो संग साबुन पानीले घोएर, सेनिटाइजर प्रयोग गरी घर भित्र प्रवेश गर्नुपर्दछ ।

जाडो मौसममा मानिसहरुले झोलिलो खानेकुरा खानु पर्दछ । तातो झोल, अण्डा, माछा, मासु, हरियो सागपात, मौसमी फलफूल, दुध, तरकारी, गेडागुडी, कागती, सुन्तला, मौसम लगाएतका फलफूल प्रशस्त खानु पर्दछ । बासी सडे गलेको खानेकुरा कहिल्यै पनि खानु हुँदैन् । खाना पकाउँदा चिल्लो कम गरेर खान पकाउनु पर्दछ र जाडो मौसममा चिनीको प्रयोग कम गर्नुपर्दछ । तर, भिटामिन बि, सि, डि र ई भएका खानेकुराहरु प्रशस्त खानु पर्दछ ।

जाडो मौसममा मासिनहरुले कम पानी पिएको पाइन्छ । किनकि, जाडो मौसममा मानिसलाई कम प्यास लाग्दछ । शरीरको तापक्रम कम भएका कारणले प्यास कम लाग्दछ र पानी कम पिउने गरिन्छ । तर, जाडो मौसममा प्रशस्त पानी पिउनु पर्दछ । पानी उमालेर राख्ने र मनतातो पानी पिउनु पर्दछ । पानी प्रशस्त मात्रामा पिउँदा छालालाई सुन्दर राख्दछ र हाम्रो शरीरमा भएका विषाक्त पदार्थहरु बाहिर निकाल्न पानीले मद्दत गर्दछ । त्यसकारणले जाडो मौसममा पनि हाम्रो शरीरलाई आवश्यक पानी पिउनु पर्दछ ।

जाडो मौसममा शरीरलाई चिसोबाट बचाउनु पर्दछ । विशेष गरी बालबच्चा, बुद्धाबृद्धालाई श्वास प्रश्वासमा समस्या भएका मानिसलाई विशेष ध्यान राख्नु पर्दछ । तातो सुप र खानेकुरा खाने र ऊनीका न्यानो कपडाहरु लगाउने, मोजा, टोपीको प्रयोग गर्न सकिन्छ हात खुट्टालाई चिसोबाट बचाउनका लागि । आगो ताप्ने र तातो खाने कुरा खानु पर्दछ । तर श्वास प्रश्वासमा समस्या भएका मानिसहरु धुलो र धुवाबाट भने बच्नुपर्दछ ।

जाडो मौसममा मानिसहरु धेरै घरभित्रै बसेको पाइन्छ । बाहिर जाडो छ भनेर काम पर्दा मात्र निस्कने नत्र सिरक भित्रै गुम्सिएर बस्ने मानिसहरु धेरै हुन्छ । त्यो स्वास्थ्यका लागि हानिकारक हो । विशेष गरी जाडो मौसममा शरीरलाई सक्रिय बनाउनु पर्दछ । विहान व्यायाम तथा हिँड्डुल गर्दा राम्रो हुन्छ । जाडो मौसममा खाना बढी रुच्ने भएका कारणले मानिसको शरीरमा मोटोपन बढ्न जान्छ । त्यसकारणले शारीरिक काम गर्नु अति नै आवश्यक हुन्छ । जाडो मौसममा मानिसहरु घर बाहिर ननिस्कने, कोठामै बस्ने गर्दा डिप्रेसनको सिकार समेत भएको पाइएको छ । यसबाट बच्नका लागि घाम लागेको समयमा घाममा बस्ने, साथीभाई संग चिया गफ गर्ने, घरको काम गर्न अल्छी नगर्ने र शरीरलाई सक्रिय र फूर्तिलो बनाउनु पर्दछ ।

जाडो मौसममा आफ्नो र घरको सरसफाईमा ध्यान दिन जरुरी हुन्छ । चिसो बढी र घाम कम हुने कारणले घरमा ढुसी लाग्ने हुदाँ मानिसको स्वास्थ्यमा ढुसीले असर गर्न सक्दछ । त्यसकारणले घरमा कोठामा ढुसी लगाउन दिनु हुदैन । समय समयमा घरको झ्याल, ढोका खुल्ला राख्ने र घाम छिर्न दिनुपर्दछ ।

जाडो मौसममा धेरै रुघाखोकी र छाला सम्बन्धी समस्या हुने भएका कारणले चिसोबाट भने विशेष बच्नु पर्दछ । रुघाखोकी लागेका चिकित्सकको सल्लाह लिएर औषधी सेवन गर्ने र छालालाई चिसोबाट बचाउन् तेल र बोडी लोसनको प्रयोग गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *