लागू औषध सहित एक युवक पक्राउ

आदर्श अनलाइन, पोखरा
पाेखरामा लागू औषधसहित एक जना युवक पक्राउ परेका छन् । स्याङ्जाकाे बिरुवा ७ मनकामना घर भइ हाल कास्कीकाे पोखरा १५ चोर साँघु बस्ने २७ वर्षीय देबेन्द्र बि.क. लागू औषधसहित बिहीबार पक्राउ परेका हुन् ।

लागू औषधको कारोबार तथा बेच-बिखन भइरहेको भन्ने सूचनाको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले  बि.क.लाई पक्राउ गरिएकाे जनाइएकाे छ ।

उनको साथबाट लागू औषध बुप्रिनर्फिन -४० एम्पुल, डाईजापाम -४० एम्पुल र फेनरागन -४० एम्पुल गरी जम्मा १२० एम्पुल र मोबाईल एक थान फेला परेकाे थियाे ।  प्रहरीले नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दिन सात (७) म्याद थप गरी अनुसन्धान
प्रकृया अगाडि बढाइएको  जनाइएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *