सुनको भाउ र सोच

सम्पादकीय
‘सुन’ नेपाली शव्दकोष र समाजमा अधिक शक्तिशाली शब्द होला । जसले क्षणभरमा कसैलाई धेरै उत्साहित र कसैलाई उद्वेलित बनाउने सामथ्र्य राख्छ । कसैको ओठमा एकैसाथ मुस्कान र कसैको आँखामा आँशु देखाईदिने ल्याकत राख्छ । कसैलाई मान, इज्जत र प्रतिष्ठाको सबै भन्दा अग्लो उचाई प्राप्त गरेको गर्वको अनुभूति र कसैलाई सुन कमाउन र लगाउन नसक्नुको हिनताबोध बनाउन सक्ने ताकत राख्छ । समाजका शासक र धनाढ्य मानिसहरुले जस्तै सुनले प्रष्ट बर्ग बिभाजनको रेखांकन गर्न सक्छ । र त कहिलेकाँही मान्छे भन्दा सुन बढी शक्तिशाली भएर समाजमा देखा पर्दछ । मान्छेका चरित्रलाई अंग र अनुहारमा लाउने सुनले छोपेको भ्रम हुन्छ । र मान्छे जीवनको महत्वपूर्ण समय सुनकै पछि लागेर सक्छ पनि ।

सामान्य अर्थमा सुन एक धातु त हो । जसको ल्याटिनमा चिन्ह एयू रहेको छ यसलाई भन्दा अउरम वा छोटकरिमा AU पनि लेखिन्छ । यो एक (रासायनिक तत्व हो । यसको परमाणु संख्या ७९ हो । सुनको विश्वव्यापी मान्यताका कारण भनेको यो बहुमुल्य धातु हो । जसलाई नेपाली समाजमा ‘सुखको गहना र दुःखको खजना’ भन्ने वाणी प्रचलित छ । यो मान्यताका कारण पनि सुनको महत्व बिद्यमान छ । समाजमा हुने बिवाह, ब्रर्तबन्ध होस् या महत्वपूर्ण चाडपर्व । सबैमा गहनाको प्रयोग र आवश्यकता जरुर हुन्छ । तर, सुनका सौखिन प्रयोगकर्तालाई ठुलो तनावको समय छ । पछिल्ला केही महिना यता सुनको भाउ आकाशिदो छ । केही बर्ष अघि सम्म ४०÷५० हजारमा प्रति तोला प्राप्त गर्ने सुनको मुल्य अहिले ७० हजार भन्दा माथि छ । सामान्य परिवारका सदस्यलाई मुल्य मात्र सुन्दा पनि रिङ्गटा लाग्दो हो । अरु ठुला घरानाका सदस्यले पनि परिवर्तित उतार चढावका कारण सुन किन्ने हिम्मत गरिरहेका छैनन् । चाडपर्वको सम्मुखमा सुन पसलमा देखिएको सन्नाटाले सुन व्यवसायी आत्तिएका छन् । यस्तो अवस्थामा पनि महिला दिदीबहिनीहरुको सुन मोह भङ्ग भएको छैन ।

सुन परम्पराको अनुक्रममा गरगहनाले सजिनु\सजाउनु अन्यथा र अस्वभाविक बिषय होइन । तर, बेलाबखत चाडपर्व, बैवाहिक सभा समारोहमा देखिने गरगहनाको भड्किलो प्रर्दशन यो समय र समाजका लागि शोभनिय बिषय होइन । मान्छेका शौख एउटा बिषय हो, त्यस्तो शौख समाजलाई बिकृत बनाउने दिशातिर उन्मुख हुनुहुँदैन । सुनको महत्व र परम्परालाई आत्मसाथ गर्नु नराम्रो होइन । सुनलाई साजसज्जा र शोभाको रुपमा प्रयोग गरिनु अन्यथा होइन । तर सुनसँगैको दम्भ प्रर्दशनले समाजलाई राम्रो सिकायत कदापी गर्दैन ।
-धौलागिरि जागरण दैनिकको सम्पादकीयबाट साभार ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *